काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ मा विश्वासको मत नपाउने लगभग निश्चित भएको छ । काँग्रेस, माओवादी, जसपा र पार्टीभित्रकै झलनाथ खनाल र माधव नेपाल समुहका सांसदले मत नदिने भएपछि ओलीले संसदबाट विश्वास गुमाउने भएका हुन् ।यद्यपि मतदानको अघिल्लो दिन एमाले मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमाले सांसदहरुलाई ह्वीप जारी गरेका छन् । त्यस्तै ओलीले आइतबारै वक्तव्य जारी गरेर सामुहिक राजीनामा अपराध हो भनेका छन् ।‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई