ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने सरकारको निर्णय

काठमाडौँ  । सरकारले ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ज्येष्ठ नागरिक अस्पताल बनाउने सैद्धान्तिक सहमति जुटाएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए । अस्पताल निर्माणबारे बिहीबार नै स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रालयका सहसचिवको नेतृत्वमा ३ तीन सदस्यीय कार्यदल बनाएका छन् । कार्यदलले अस्पताल कुन ठाउँमा बनाउने, आवश्यक जग्गा व्यवस्थापन र […]

सम्बन्धित सामग्री

विश्व बैंक र युएसएआइडीबाट खर्बको अनुदान लिने सरकारको निर्णय

वैशाख २, काठमाडौं । वैदेशिक मुद्राको सञ्चितिमा दबाब परेका बेला एकैपटक करीब रू. एक खर्ब बराबरको अन्तरराष्ट्रिय सहायता प्राप्त हुने भएको छ ।  विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट रू. १८ अर्ब सहुलियतपूर्ण ऋण र संयुक्त राज्य अमेरिकाको अन्तरराष्ट्रिय विकासका लागि सहयोग निकाय (युएसएआइडी) बाट रू. ७९ अर्ब ७१ करोड अनुदान सहायता प्राप्त हुन लागेको हो । मन्त्रिपरिषद्को गत चैत ३० गते बसेको बैठकले उक्त सहयोग स्वीकार गर्ने निर्णय भएसँगै मुलुकको अर्थतन्त्रमा केही सहज हुने भएको छ । बैठकको निणर्यबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाको करीब २८० रोपनी जग्गा प्राप्तिका निम्ति पहल गर्ने निर्णय गरिएको जानकारी दिए ।  उनले भने, ‘सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी महानिरीक्षकमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई बढुवा गर्ने, मायादेवी गाउँपालिकामा आधारभूत अस्पताल निर्माण गर्ने र उक्त गाउँपालिकाको प्रशासकीय भवन निर्माणलगायत कार्यका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरिएको छ ।’ बैठकले सिरहास्थित कर्जन्हा नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृति दिने र राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्ष रामआधार कापरको राजीनामा स्वीकृत गर्ने गर्ने निर्णय गरेको पनि बताइको छ । रासस

५० वर्ष नाघेका नागरिकहरुको स्वास्थ्य परिक्षण निशुल्क गर्ने सरकारको निर्णय

सरकारले ५० वर्ष भन्दा माथि उमेर समुहका नागरिकहरुको मृगौला, कलेजो, मुट लगायत अन्य रोगसम्वन्धी परिक्षणहरु निशुल्क गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले ५० वर्ष भन्दा माथि उमेर समुहका नागरिकहरुको लागि यस्तो परिक्षण  नियमित रुपमा वर्षको एकपटक निशुल्क रुपमा गर्ने निर्णय गरेको छ । यसको लागि स्वास्थ्य मन्त्रालयले प्रस्ताव अघि सारेको थियो । त्यस्तै बैठकले जेष्ठ नागरिक अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयले राखेको प्रस्तावलाइृ समेत स्विकृत गरेको छ । सो अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदल मार्फत काम अघि बढाइसकेको छ । मृत्यु पश्चात आफ्नो शरीरको अंगदान घोषणा गरेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रस्तावमा सरकारका सबै मन्त्रीहरुले पनि मृत्यु पश्चात आफ्नो शरीरको अंगदान गर्ने घोषणा गरेका छन् ।  स्वास्थ्य सेवा दिवस २०७८ को अवसर पारी मन्त्री खतिवडाले यस्तो घोषणा गरेका थिए । मन्त्रीलाई साथ दिँदै मुख्य सचिव शंकरदाश बैरागीले पनि अंगदान गर्ने घोषणा गरेको मन्त्री खतिवडाको सचिवालयले जनाएको छ ।

जेष्ठ नागरिक अस्पताल निर्माण गर्ने सरकारको निर्णय

सरकारले जेष्ठ नागरिक अस्पताल निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद्‍को बिहीबार बसेको बैठकले जेष्ठ नागरिक अस्पताल बनाउने सैद्धान्तिक सहमति जुटाएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए ।

श्रमिकका लागि छुट्टै अस्पताल बनाउने सरकारको निर्णय

सरकारले श्रमिकहरूका लागि छुट्टै अस्पताल निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले श्रमिक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

चितवनमा शिक्षक अस्पताल बनाउने सरकारको निर्णय

काठमाडौँ – सरकारले शिक्षक अस्पताल बनाउने निर्णय गरेको छ। साेमबार बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो। शिक्षा मन्त्रालयले गठन गरेको जग्गा खोजी र सम्भाव्यता अध्ययन समितिले चितवन, भक्तपुर र मकवानपुरमा शिक्षक अस्पताल स्थापना गर्न सक्ने सिफारिस गरेको थियो। २१ बिगाह […]