प्रदेश राजधानीबारे विरोध जनाउँदै वीरगन्जमा प्रदर्शन, मुख्यमन्त्री राउतको घरमा ढुंगा प्रहार

मधेश (प्रदेश २)को राजधानी जनकपुर तोकिएपछि वीरगन्जमा कालो झण्डासहित प्रदर्शन भएको छ। सोमबार प्रदेश सभामा भएको मतदानले प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्ताव पारित गरेपछि वीरगन्जमा प्रदर्शन भएको हो। नेपाली कांग्रेस वीरगन्ज...

सम्बन्धित सामग्री

मुख्यमन्त्री राउतको घरमा ढुंगा प्रहार गर्ने युवक रिहा

मंगलबारको विरोध प्रदर्शनमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरको सिसा फुटाएको आरोपमा पक्राउ परेका युवक रिहा भएका छन् । प्रदेश राजधानी जनकपुर तोकिएपछि निस्केको विरोध प्रदर्शनमा मुख्यमन्त्री राउतको घरमा ढुंगा...

मुख्यमन्त्रीको घरमा ढुंगा हान्ने पक्राउ

माघ ५, वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको वीरगञ्जस्थित घरमा ढुंगा हानेको अभियोगमा  एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रदेश राजधानी जनकपुर र प्रदेशको नाम मधेस राखेको विरोधमा मुख्यमन्त्री राउतको वीरगञ्ज तेजारथ टोलस्थित घरमा ढुंगा हानेको आरोपमा प्रहरीले वीरगञ्ज - १ का सुमन पटेललाई पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत एवम् प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार पक्राउ परेका पटेललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । नेपाली कांग्रेस वीरगञ्ज नगर कमिटिले मंगलवार निकालेको विरोध र्‍यालीका क्रममा मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार भएको थियो ।  ढुंगा प्रहारबाट मुख्यमन्त्रीको घरको झ्यालका २ ओटा सिसा फुटेको प्रहरीले बताएको छ ।

बुटवलको आन्दोलनमा दमन गर्नु सरकारको पराजित मानसिकता : नेविसंघ

१९ असोज, काठमाडौं । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ प्रस्ताव गरिएको विरोधमा बुटवलमा जारी आन्दोलनमा दमन गरिएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विरोध जनाएको छ । मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा …