बैतडी : सुर्नया गाउँपालिका-३ स्थित सिन्केलेक नजिक मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेको छ। बिहानदेखि जिल्लामा तीन स्थानमा बमजस्तै शंकास्पद वस्तु भेटिसकेको छ। बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार सडकभन्दा केही तल कपडामा बेरेको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको हो। शंकास्पद वस्तु भेटिएपछि बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मबाट बम डिस्पोजल टोली घटनास्थलमा पुगेको गुल्मका गुल्मपति, सेनानी गोविन्द थापाले बताए। गुल्मका सहसेनानी, क्याप्टेन नवराज फु