पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमित थपिएका छन् । २७४० जनामा गरिएको नमूना परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ४८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो समयावधिमा कसैको मृत्यु भएको छैन ।मन्त्रालयका अनुसार अहिले देशभर ५९२ जना सक्रिय संक्रमित रहेका छन् भने २०८२८ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ११९५१ जनाको मृत्यु भइसकेको छ ।