आज १०२ कोरोना संक्रमित थपिए, देशभरि ६ सय भन्दा बढि सक्रिय संक्रमित

काठमाडौं, २५ असार । पछिल्लो २४ घण्टामा १०२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आरटी पिसिआर र एन्टिजेन विधिबाट जम्मा २६१५ जनामा गरिएको परिक्षणमा १०२ जना कोरोना संक्रमित थपिएका हुन् । स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको कोरोनाबारे अपडेटअनुसार अहिले देशभरि ६०५ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ३१ जनाले कोरोना जितेका छन् […]

सम्बन्धित सामग्री

देशभर ४४४ जना सक्रिय संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ७७८ जनामा गरिएको नमूना परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ४४४ जना सक्रिय संक्रमित रहेका छन् भने कसैको मृत्यु भएको छैन ।

२४ घण्टामा  ६६ जना कोरोना संक्रमित थपिए, १४०५ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा  ६६ जना कोरोना संक्रमित थपिएका छन् । ३२६२ जनामा गरिएको नमूना परीक्षणमा ६६ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १३७ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।   त्यस अवधिमा कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । अहिले देशभर १४०५ जना सक्रिय संक्रमित रहेका छन् ।

भारतमा एकैदिन थपिए १८ हजार कोरोना संक्रमित

२४ घण्टाको समयावधिमा भारतमा १८ हजार २५७ कोरोना संक्रमित थपिएका छन्। हाल भारतमा एक लाख २८ हजार ६९० सक्रिय संक्रमित रहेका छन्।

२४ घण्टामा ४ जना कोरोना संक्रमित थपिए, देशभर ५९२ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमित थपिएका छन् । २७४० जनामा गरिएको नमूना परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ४८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो समयावधिमा कसैको मृत्यु भएको छैन ।मन्त्रालयका अनुसार अहिले देशभर ५९२ जना सक्रिय संक्रमित रहेका छन् भने २०८२८ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ११९५१ जनाको मृत्यु भइसकेको छ ।

१५ जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि २२ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ३ हजार ८ सय ३५ जनामा गरिएको परीक्षणमा २२ जना संक्रमित भेटिएका हुन्। आज संक्रमणका कारण कसैले पनि ज्यान गुमाएका छैनन्।आज ७५ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभरि १ हजार २२ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभरि १५ जना संक्रमित आइसियू र भेन्टिलेटरमा उपचाररत रहेका छन्।नेपालमा हाल १५ वटा जिल्लामा सक्रिय संक्रमित शून्य रहेका छन्। जसमा सं

देशभरि कोरोनाका सक्रिय संक्रमित १० हजारभन्दा थोरै

काठमाडौं : देशभरि कोरोना विरुद्धको सक्रिय संक्रमित १० हजारभन्दा थोरै रहेका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल देशभरि कोरोनाका सक्रिय संक्रमित ९ हजार २ सय ८० रहेका छन्। पछिल्लो २४ घन्टामा २ सय ७५ जना कोरोना संक्रमित थपिएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ।मन्त्रालयको विवरणअनुसार आज ५ सय ५५ जना संक्रमणमुक्त भएका छन्। आज ८ हजार ६ सय २८ जनाको परीक्षण भएको थियो।

१७ जिल्लामा ५०० बढी कोरोना संक्रमित (सूचीसहित)

देशभर कोरोना संक्रमित बढ्दै जाँदा १७ जिल्लामा ५०० बढी कोरोना संक्रमित रहेका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म झापा, मोरङ, सुनसरी, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, दाङ र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । हाल देशभर ९० हजार बढी सक्रिय संक्रमित रहेका छन् ।

आज यी १६ जिल्लामा छन् पाँच सयभन्दा बढी सक्रिय संक्रमित

काठमाडौं। हाल देशका १६ वटा जिल्लामा पाँच सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल मोरङ,सुनसरी,झापा,काठमाडौं,भक्तपुर,ललितपुर चितवन, मकवानपुर,काभ्रेपलाञ्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की,बागलुङ, गोरखा, रुपन्देही र सुर्खेतमा पाँच सय सक्रिय कोरोना संक्रमित छन्। हाल प्रदेश १ का तीन, बागमतीका सात, गण्डकीका चार र लुम्बिनी र कर्णालीका एक/एक जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन्।

उपत्यकामा आज थपिए सात सय ७१ जना कोरोना संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा सात सय ७१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५१४, ललितपुरमा १६६ र भक्तपुरमा ९१ जना कोरोना संक्रमित थपिएका हुन्। विभागका अनुसार हाल उपत्यकामा आठ हजार ७८७ जना सक्रिय संक्रमित छन्। हालसम्म काठमाडौंमा दुई हजार ९७५ जना संक्रमितले ज्यान गुमाइसकेका छन्।

नेपालमा सबैभन्दा बढी सक्रिय संक्रमित रहेका १० जिल्ला

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैभन्दा बढी सक्रिय कोरोना संक्रमित १० जिल्लामा रहेको जनाएको छ। ती १० जिल्लामा काठमाडौं, ललितपुर, बागलुङ, रुपन्देही, भक्तपुर, मोरङ, कैलाली, सुनसरी, चितवन र काभ्रेपलाञ्चोरक रहेका छन्। यी जिल्ला सक्रिय संक्रमित बढी रहेका कारण जोखिम पनि बढी रहेको जनाइएको छ।