सुदूरपश्चिममा निर्वाचन आचारसंहिता उल्लंघन बढ्यो, उम्मेदवारको मनपरी

धनगढी : अहिले देशै निर्वाचनमय छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको माहोल सुदूरपश्चिममा पनि तातेको छ। निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेकाहरूलाई चुनाव चिह्न पनि प्रदान गरिसकेको छ।राजनीतिक दलहरूसँगै विभिन्न पदका उम्मेदवार अहिले भोट माग्नमा व्यस्त छन्। तर दल तथा उम्मेदवारहरू आचारसंहिता कार्यान्वयनमा भने चुकिरहेको देखिएको छ। घरदैलो अभियान सञ्चालन गरिरहेका उम्मेदवारलाई भने निर्वाचन आचारसंहिताले छोएको देखिन्न।अधिकांश पार्टी तथा उम्मेदवारहरू चुनाव प्रचारप्रसारको सवालमा नियम&nbs

सम्बन्धित सामग्री

‘एमालेले निर्वाचन आचारसंहिता उल्लंघन गर्दा आयोगले बेवास्ता गर्‍यो’

काठमाडौँ – कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले एमालेले खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन गर्दा निर्वाचन आयोगले बेवास्ता गरेको आरोप लगाएका छन्। पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले एमालेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै कारबाही गर्न निर्वाचन आयोगसँग माग गरेका छन्। महतले निर्वाचन आचारसंहिताको खिलाफमा एमालेले खुलेआम प्रलोभन दिने, सामाजिक संघसंस्थाको दुरुपयोग गर्ने […]

धरानमा निर्वाचन आचारसंहिता उल्लंघन, खेलाडीलाई जर्सी र नगद वितरण

सत्ता गठबन्धनले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै खेलाडी सम्मानका नाममा जर्सी र नगद बाडेको छ। निर्वाचन आचारसंहिता विपरित सत्ता गठबन्धनको निर्वाचन परिचालन अन्तर्गत रहेको खेलकुद क्षेत्र समन्वय उपसमितिले गठबन्धनका उम्मेदवारको उपस्थितिमा...

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने बढे

काठमाडौं, कात्तिक १६ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै निर्वाचनका आचारसंहिता पालना गर्नुपर्ने जिम्मेवारी रहेका पक्षबाट आचारसंहिता उल्लंघन गर्ने क्रम बढ्दै गएको छ । निर्वाचन आचारसंहिताविपरीत मतदातालाई प्रभावित पार्न विभिन्न क्लब, सामुदायिक विद्यालय, महिला समूह, धार्मिक संघसंस्थानलाई आर्थिक सहयोग गर्ने, विभिन्न सामग्री वितरण गर्ने कार्य बढ्दै गएको हो । निर्वाचन आयोगका अनुसार उम्मेदवार, शिक्षक, […]

ईश्वर पोखरेलद्धारा निर्वाचन आचारसंहिता उल्लंघन

काठमाडौं, १४ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वर पोखरेलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको खुलाशा भएको छ । उनले निर्वाचन आचारसंहिता विपरित मतदातालाई प्रलोभनमा पार्ने काम गरेका हुन् । पोखरेलले टोखा सांस्कृतिक संरक्षित क्षेत्र भित्रका सांस्कृतिक सम्पदाहरू संरक्षण गर्दै आइरहेका ६ वटा भजन खलः लाई बाजागाजा हस्तान्तरण गरेका छन्। जसका […]

निर्वाचन आचारसंहिता उल्लंघन हुँदा आयोग टुलुटुलु हेरेर बस्दैन: दिनेश थपलिया

विराटनगर – निर्वाचन आचारसंहिता उल्लंघन भए निर्वाचन आयोग टुलुटुलु हेरेर नबस्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् । विराटनगरमा शुक्रबार आयोजित प्रदेश सञ्चार सम्बन्धि अभिमुखीकरण कार्यक्रममा प्रमुख आयुक्त थपलियाले आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण साेध्दैमा काेकाेहाेलाे मच्चाउने प्रवृति आयाेगका लागि चुनाैतिकाे विषय भएकाे बताए । आचारसंहिता उल्लंघन गरेकालाइ स्पष्टीकरण सोध्दै गर्दा दलहरूमा एक प्रकारको तरङ […]

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै राहत वितरण

दाङ– निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सहरी विकासमन्त्री मेटमणि चौधरीले राहत सामाग्री वितरण गरेका छन् । उनले शनिबार दाङको देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सामाग्री वितरण गरेका हुन् ।  डुबान क्षेत्रको अवलोकनपछि जनतालाई पहिलो चरणको सहयोग पुर्‍याउने उद्देश्यले देउखुरीका राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल उपलब्ध […]

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमाथि कारवाही सुरु

काठमाडौं– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सरकारी कर्मचारी तथा शिक्षकमाथि कारवाही सुरु गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।  ‘आचारसंहितामा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, […]

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने १३९ मिडियालाई कारबाही

काठमाडौँ – प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने १३९ वटा सञ्चार माध्यमलाई कारबाही गरेको छ। काउन्सिलका अनुसार ४४ वेबपोर्टल नेपालभित्र नखुल्ने गरी बन्द गरिएको छ भने २४ पत्रकारलाई ध्यानाकर्षण गराइएको छ। काउन्सिलले आचारसंहिता लागू भएपछि चैत २५ गतेदेखि अनुमगन थालेको थियो। काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहोराका अनुसार चैत २६ गतेदेखि हालसम्म १३९ सञ्चार माध्यमबाट […]

गृहमन्त्रीले नै निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप

डडेल्धुरा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारले नै निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको आरोप लगाएका छन्। शुक्रबार डडेल्धुरा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारका गृहमन्त्री बालकृष्ण खाँणले नै आचारसंहिता उल्लंघन गरेको आरोप लगाएका हुन्।गृहमन्त्री खाँण चितवनको भरतपुरमा स्वतन्त्र उम्मेदवारलाई विभिन्न प्रलोभन देखाएर फकाउन गएको प्रति राप्रपाको गम्भीर आपत्ति रहेको प्रवक्ता शाहीको भनाइ छ। उनले गृहमन्त्रीले कानुन र आचारसंहिताको पालना गर्न लगाउनुको

प्रधानमन्त्रीबाट निर्वाचन आचारसंहिता उल्लंघन

काठमाडौँ / प्रधानमन्त्री केपी ओलीले निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी राष्ट्रिय सभा निर्वाचनको मौन अवधिमा गृहमन्त्री रामहादुर थापा बादलका लागि मत मागेका छन् । वाग्मती प्रदेशअन्तर्गत राष्ट्रिय सभाको रिक्त एक पदका लागि बिहीबार जेठ ६ गते हुन लागेको निर्वाचनमा पदीय दुरुपयोग हुने गरी प्रधानमन्त्री ओलीले एमालेका उम्मेदवार रामबहादुर थापालाई मत मागेका हुन् । उपनिर्वाचनको मौन अवधि... The post प्रधानमन्त्रीबाट निर्वाचन आचारसंहिता उल्लंघन appeared first on Purbeli News.