काठमाडौँ । संविधानसभा सदस्य विजय पौडेलको ६० वर्षको उमेरमा निधन भएको छ । उनको स्वास्थ्यमा समस्या आएपछि कीर्तिपुर अस्पताल लैजाने क्रममा उनको बाटोमा निधन भएको हो । स्वर्गीय पौडेलका श्रीमती, एक छोरा र दुई छोरी छन् ।
अब सवारी साधनको दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित हुन नपर्ने भएको छ। यातायात व्यवस्था विभागले नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरेको हो। संशोधित व्यवस्थाअनुसार सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिमार्फत सवारी दर्ता तथा नामसारी गर्न […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकी आलोचक डेमोक्रेटिक सांसद इल्हान उमरको घरमा सोमबार संघीय एजेन्टहरूले आपराधिक अनुसन्धानका क्रममा खानतलासी गरेका छन्।
उदयपुर । उदयपुरमा प्रहरीले एकै दिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा बरामद गरेको छ । स्थानीय कटारी नगरपालिका र चौदण्डीगढी नगरपालिका क्षेत्रबाट गाँजा ओसारपसारमा संलग्न रहेको अभियोगमा एक युवकसहित गाँजा बोक्न प्रयोग गरिएका बोलेरो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजन चापागाईँले जानकारी दिए । इलाका प्रहरी कार्यालय कटारी र बेल्टारबाट […]