सेन्ट्रल जोन पुरुष भलिबलमा ४ टोलीले मात्र प्रतिस्पर्धा गर्ने

काठमाडौं .(हाम्रो खेलकुद) – बंगलादेशमा बिहीबारदेखि सुरु हुने एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्यालेन्ज कपमा अब ४ राष्ट्रले मात्र प्रतिस्पर्धा गर्ने भएका छन् । माल्दिभ्सले भाग नलिने भएपछि अब ४ टोलीले मात्र च्याम्पियनसिपमा उपाधिका लागि भिड्नेछन् । जसमा नेपालसहित आयोजक बंगलादेश, श्रीलंका र उज्वेविकस्तान रहेका छन् । सुरुमा उज्वेकिस्तानसँग खेल्ने तालिका रहेपनि अब माल्दिभ्सको सहभागिता […]

सम्बन्धित सामग्री

सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप : नेपाल उपाधिका लागि उज्वेकिस्तानसँग भिड्ने

काठमाडौं : एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले लगातार पाँचौ जित निकालेको छ।सोमबार बंगलादेशको राजधानी ढाकामा भएको समूहको अन्तिम खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।नेपालले २५–८, २५–१४, २५–१७ ले विजयी भयो। साविक विजेता नेपालले उपाधिका लागि मंगलबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले यसअघि बंगलादेश, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।श्रीलंकाबाहेक अन्य

एभीसी सेन्ट्रल जोन भलिबल : नेपालले आज किर्गिस्तानसँग खेल्दै

काठमाण्डाै - एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाली महिला टोलीले आज किर्गिस्तानसँग खेल्दैछ । खेल बिहान सवा ११ बजे बङ्गलादेशको ढाकामा हुनेछ । फाइनलमा पुगिसकेको नेपाली महिला टोली आज लगातार पाँचौँ जित निकाल्ने दाउमा छ । हिजो उज्बेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।

सेन्ट्रल जोन भलिबल – पुरुष टोलीले माल्दिभ्ससँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ नेपालले लिग चरणको अन्तिम खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे हुनेछ । फाइनल पुग्ने झिनो सम्भावना रहेको नेपाललाई शीर्ष चारमा रहन यो खेलमा जित आवश्यक छ । नेपालको ३ खेलमा […]

सेन्ट्रल जोन भलिबल : पुरुष टोलीले श्रीलंका र महिला टोलीले बंगलादेशको सामना गर्दै

काठमाडौं: एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत आज नेपाली पुरुष तथा महिला टोलीमा आफ्नो तेस्रो खेलमा प्रतिस्पर्धा गर्दैछन्। नेपाली महिला टोलीले आज सवा ९ बजे आयोजक बंगलादेशको सामना गर्नेछ। पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा माल्दिभ्सलाई हराएको नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ। त्यस्तै पुरुष टोलीले आज श्रीलंकाको सामना गर्नेछ।…

एभिसी सेन्ट्रल जोन भलिबलमा आज नेपालको दुई खेल

एजेन्सी । एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा आज नेपालको पुरुष टोलीले उज्वेकिस्तानसँग तथा महिला टोलीले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेलमा श्रीलंकालाई हराएको नेपाली महिला टोलीले आज माल्दिभ्सविरुद्ध अझ उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ । श्रीलंकाविरुद्धको खेल ३–२ को सेटमा जितेको नेपाल आज सहज जित निकाल्ने योजनामा रहेको छ । उता पहिलो खेलमा […]

एभीसी सेन्ट्रल जोन: महिला टोलीले माल्दिभ्स र पुरुष टोलीले उज्बेकिस्तानसँग खेल्ने

काठमाडौं: एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप अन्तर्गत आज नेपाली महिला भलिबल टोलीले माल्दिभ्सको सामना गर्दैछ। बंगलादेशमा बिहीवारबाट सुरु भएको प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा आज दिउँसो ११:१५ बजे माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। यसअघि आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-२ को सेटमा पुनरागमन जित निकालेको थियो। सुरुवाती दुई सेटमा १९-२५ र…

सेन्ट्रल जोन पुरुष भलिबल : माल्दिभ्स नआउने, नेपालको पहिलो खेल बंगलादेशसँग

७ पुस, काठमाडौं । बंगलादेशमा बिहीबारदेखि सुरु हुने एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्यालेन्ज कपमा माल्दिभ्स सहभागी नहुने भएको छ । यसअघि पाँच टिमले प्रतिस्पर्धा गर्ने तय भए पनि माल्दिभ्स नआउने भएपछि अब चार टिमबीच मात्र प्रतिस्पर्धा हुनेछ । जसमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र उज्वेकिस्तान छन् । नेपाली टिमका व्यवस्थापक मंगल श्रेष्ठले माल्दिभ्स नआउने […]

सेन्ट्रल जोन भलिबल : महिलामा ६ र पुरुषमा ५ टिमले प्रतिस्पर्धा गर्ने

२७ मंसिर, काठमाडौं । यही डिसेम्बर २१ देखि २९ सम्म बंगलादेशमा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन मेन्स एण्ड वुमेन्स भलिबल च्यालेन्ज कपमा प्रतिस्पर्धा गर्ने टिमको टुङ्गो लागेको छ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (सिएभिए) को आइतबार बसेको अनलाइम मिटिङले महिलातर्फ ६ र पुरुषतर्फ ५ टिमले सहभागिता हुने निर्णय गरेको हो । महिलातर्फ आयोजक बंगलादेशसँगै […]

बंगलादेशमा हुने ‘एसियन सेन्ट्रल जोन भलिबल’मा नेपाल सहभागि हुने

काठमाडौं, १३ कात्तिक । नेपालले बंगलादेशमा हुने ‘एसियन सेन्ट्रल जोन’ पुरुष र महिला भलिबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ । नेपाल भलिबल संघले हिजो (शुक्रबार) बंगलादेशमा पुुस ६ देखी १४ सम्म आयोजना हुने प्रतियोगितामा नेपालले पनि प्रतिस्पर्धा गर्ने जनाएको हो । बंगलादेशको राजधानी ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला प्रतियोगितामा नेपालले सहभागिता […]

नेपालले महिला र पुरुषको सेन्ट्रल जोन भलिबल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीले बंगलादेशमा हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल भलिबल संघले शुक्रबार दिएको जानकारी अनुसार प्रतियोगिता यसै वर्ष डिसेम्बर २१ देखि २९ सम्म (पुष ६ देखि १४ सम्म) बंगलादेशमा हुने प्रतियोगितामा नेपाल सहभागी हुँदैछ । संघले एसियन […]