लक्ष्मी बैंकको सञ्चालक समिति अध्यक्षमा नेपाल

लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समिति बैठकले

सम्बन्धित सामग्री

एभरेष्ट बैंकको सञ्चालक समिति अध्यक्षमा बालगोपाल वैद्य

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन् । समितिका सदस्य रहेका वैद्यलाई बिहीवार सम्पन्न सञ्चालक समितिको ३६०औं बैठकले अध्यक्षमा नियुक्त गरको हो । अध्यक्ष वैद्यले शुक्रवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । विगत २० वर्षदेखि बैंकको सञ्चालक समिति सदस्य रहँदै आएका वैद्य अर्थ विज्ञका रूपमा समेत परिचित छन् ।  राष्ट्रिय योजना आयोगका पूर्व सदस्य रहिसकेका वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधि गरेका छन् । साथै, उनी बोर्ड अफ ट्रष्टी र गरीबी निवारण कोषको सदस्य समेत रहिसकेका छन् ।

एभरेस्ट बैंकको सञ्चालक समिति अध्यक्षमा बालगोपाल वैद्य

एभरेस्ट बैंकको सञ्चालक समिति अध्यक्षमा बालगोपाल वैद्य नियुक्त भएका छन् ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालक समिति परिवर्तन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (Nepal Infrastructure Bank) मा सञ्चालक समिति परिवर्तन भएको छ । बैंक (NIFRA)ले नेप्से (Nepse)मार्फत सूचना जारी गर्दै सञ्चालक समितिमा परिवर्तन भएको जानकारी दिएको हो ।  कम्पनीका अनुसार रित्त रहेको संस्थापक समूहको तर्फबाट सञ्चालक पदमा ग्लोबल आइएमई बैंक लिमिटेडको प्रतिनिधिका रुपमा रत्नराज बज्राचार्यलाई नियुक्त गर्ने निर्णय भएको छ । बज्राचार्यलाई वैशाख १७ गतेदेखि लागू हुने गरी सञ्चालकमा नियुक्त गर्ने निर्णय भएको हो ।  त्यस्तै सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गरेका सञ्चालक समिति सदस्य सुमन पोखरेलले व्यक्तिगत कार्यव्यस्तताका कारण सञ्चालक पदबाट राजीनामा दिएकाले वैशाख १८ गतेदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत गरेको जानकारीसमेत कम्पनीले दिएको छ ।  यसर्थ नयाँ सञ्चालक नियुक्ति र एक सञ्चालकको राजीनामा स्वीकृतिपछि कम्पनीमा ६ सञ्चालक समिति कायम भएको छ । कम्पनीका अध्यक्षमा अनुज अग्रवाल छन्् भने नवनियुक्त बज्राचार्यसहित कम्पनीका सदस्यहरूमा श्रीकृष्ण नेपाल, लालमणी जोशी, शंकर प्रसाद अधिकारी र लिमा अधिकारी छन् । शंकर प्रसाद अधिकारी स्वतन्त्र सञ्चालक र लिमा अधिकारी सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सदस्यको रुपमा रहेकी छन् ।  कम्पनीका अध्यक्ष अग्रवाल विशाल ग्रुप लिमिटेडको प्रतिनिधिका रुपमा रहेका हुन् । त्यस्तै सदस्य श्रीकृष्ण नेपाल सरकारको प्रतिनिधिका रुपमा छन् भने लालमणी जोशी इमर्जिङ्ग नेपाल लिमिटेडबाट प्रतिनिधिका रुपमा छन् ।

कृषि विकास बैंकको अध्यक्षमा दवाडी नियुक्त

कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा रमेश दवाडी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले दवाडीलाई अध्यक्षमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष विभिन्न संघ–संस्थाको सञ्चालक समितिमा सदस्य रही कार्य गरेको...

मााछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त

१३ मंसिर, काठमाडौं । मााछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा गैरआवासीय नेपाली संघ एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो चयन भएका छन् । बैंकको १२ मंसिरमा बसेको ४७२ औं बैंक सञ्चालक समितिको बैंठकले डा. उपेन्द्र महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । बैंकका निर्वतमान अध्यक्ष डा. वीरेन्द्र महतो प्रतिनिधिसभा सदस्यामा निर्वाचित भएसँगै उनले दिएको राजीनामा […]

माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त

काठमाडौं, १३ मंसिर । माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको हिजो (सोमबार) बसेको ४७२ औ बैंठकले डा. महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । बैंकका निर्वतमान अध्यक्ष डा. वीरेन्द्र प्रसाद महतोले दिएको राजीनामा स्वीकृत गर्दै बैठकले डा. उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो । […]

कृषि बैंकको सञ्चालक समिति अध्यक्षमा केसी

कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा रमेशकुमार केसी नियुक्त भएका छन्।

सिभिल बैंक अध्यक्षमा पाण्डे

सिभिल बैंकको सञ्चालक समिति अध्यक्षमा प्रतापजंग पाण्डे अध्यक्षमा चयन भएका छन् । सञ्चालक समिति सदस्य रहेका पाण्डेलाई सञ्चालक समितिको बैठकले सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।  पाण्डेले सर्वसम्मत रूपमा बैंकको अध्यक्ष पदमा...

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति अध्यक्षमा शर्मा नियुक्त

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा धनीराम शर्मा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले शर्मालाई अध्यक्षमा चयन गरेसँगै बिहीबार नै शर्माले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

हिमालयन बैंकको अध्यक्षमा तुलसी प्रसाद गौतम

हिमालयन बैंकको सञ्चालक समिति अध्यक्षमा तुलसीप्रसाद गौतम चयन भएका छन् ।