काठमाडौं । नेकपा एमाले जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सोमबार सबै भन्दा ठूलो झण्डा फहराइएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र यससँग आबद्ध घटकका करिब सय जना नेता-कार्यकर्ताले हँसिया–हथौडा अंकित ४५-४५ फिट आकारको झण्डा राखेका हुन्। जिफन्टले अहिलेसम्मकै सबै भन्दा ठूलो पार्टी झण्डा भएकाे जनाएकाे छ । […]
जनकपुरधाम– ‘जेनजी’ आन्दोलनका क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेस प्रदेश लोक सेवा आयोगको कार्यालयबाट लुटिएको हतियारसहित दुईजनालाई आज पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आयोगको कार्यालयमा सुरक्षार्थ खटिएका नेपाल प्रहरीको एकथान एसएलआर राइफलसहित उपमहानगरपालिका वडा नं ९ का ३७ वर्षीय मनिषकुमार अधिकारी तथा २१ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । […]