रुसले जापान नजिक अन्तर्राष्ट्रिय जलक्षेत्रमा आफ्ना २४ वटा जंगी जहाजहरू तैनाथ गरेको छ ।
युक्रेन तनाव चलिरहेको बेलामा रुसले यसरी जापान नजिक जंगी जहाजहरू तैनाथ गर्नुलाई अर्थपूर्ण मानिएको छ ।
जापानका रक्षामन्त्री नोबुओ किशीका अनुसार, ती युद्धपोतहरू फेब्रुअरी १ मा जापान सागर तथा ओखोत्स्क सागरमा देखिएका हुन् । रुसको सम्पूर्ण जलसेनाले अभ्यास गर्न लागेको बुझिएको छ ।
‘रुसी सेनाले पूर्व र पश्चिम दुवैतर्फ आफ्ना गतिविधिहरू बढाइरहेको छ । युक्रेनमा चलिरहेको तनावमा आफ्नो शक्तिप्रदर्शन गर्नका लागि रुसले यो ग...