एमसिसीविरुद्ध विप्लव नेकपाको प्रदर्शन

काठमाडौं : विप्लव नेकपाले एमसिसीको विरोध गर्दै आज (सोमबार) राजधानी काठमाडौंस्थित एमसिएको कार्यालय अगाडि प्रदर्शन गरेको छ।रत्नपार्कस्थित शान्तिबाटिका र कमलादीमा भेला भएको विप्लव नेकपाको जुलुस दरबारमार्गस्थित एमसिएको मुख्यालय अघि पुगेर प्रदर्शन गरेको हो।प्रदर्शनको नेतृत्व विप्लव नेकपाका केन्द्रीय नेता माइला तामाङले गरेका छन्।प्रदर्शनका तस्वीरः

सम्बन्धित सामग्री

एमसीसीविरुद्ध ‘विप्लव’ निकट विद्यार्थीहरुको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थीहरुले एमसीसीको विरोधमा प्रदर्शन गरेका छन्। बिहीबार साँझ नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले एमसीसीको पुतला जलाएको हो। उनीहरुले काठमाडौँको बिजुलीबजारमा प्रदर्शन गरेका हुन्। एमसीसी सम्झौता खारेज गर्न उनीहरुले माग गरेका छन्।

निर्वाचनको विरोधमा विप्लव निकट विद्यार्थीको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको विरोधमा प्रदर्शन गरेको छ। नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का कार्यकर्ताले मंगलबार काठमाडौँको कीर्तिपुरमा निर्वाचनविरुद्ध ‘भण्डाफोर’ कार्यक्रम गरेका हुन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयअगाडि विरोध कार्यक्रम गरिएको हो। नेकपाले मंसिर ४ को निर्वाचन बहिष्कार तथा खारेज अभियानअन्तर्गत […]

इन्धनको मूल्य वृद्धिविरुद्ध विप्लव निकट अखिल क्रान्तिकारीको प्रदर्शन

६ असार, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्‍युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल  क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको छ। सोमबार सरकारले पेट्रोलियम पदार्थको मूल्यमा २१ रुपैयाँ बढाएपछि क्रान्तिकारीले टेकु अगाडि प्रदर्शन गरेको हो। प्रदर्शनमा पार्टीका केन्द्रीय सदस्‍य एवं जिल्ला इन्चार्ज ललित जंग बम नेतृत्वका कार्यकर्ताहरुले टेकुको सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका […]

एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपाको प्रदर्शन

विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध सप्तरीको कठौना बजारमा शुक्रबार विरोध प्रदर्शन गरेको छ । कठौना चौकबाट बिभिन्न नारा लगाउँदै निस्केको विरोध जुलुस एमसीसी चाहिंदैन, देश बेच्न पाईदैन, अमेरिकी साम्राज्यवाद मुर्दावाद, सीमा अतिक्रमण बन्द गर, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्ने बिभिन्न नारा लगाउँदै बजारको परिक्रमा गरि   प्रदर्शन गरेका थिए ।विरोध प्रदर्शन कार्यक्रममा सप्तरी जिल्ला सेक्रेटरी विमला खडका, सप्तरी जिल्ला जनसत्ता प्रमुख रामनाथ मण्डल, सिराहा सप्तरीका यूवा ईन्चार्ज कार्तिक, ब

मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाको प्रदर्शन

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ । सोमबार साँज विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले बानेश्वरस्थित मिनभवन क्षेत्रमा राँके जुलुस निकाल्दै मूल्यवृद्धिको विरोध गरेका हुन् । उनीहरुले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरे ।

एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपाद्वारा काठमाडौंमा विरोध प्रदर्शन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । विप्लव नेतृत्वको पार्टीले सोमवार काठमाडौंमा विरोध जुलुस र सभाको आयोजना गरेको हो ।  सभालाई सम्बोधन गर्दै नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमसीसी अनुमोदन गरिए त्यसविरुद्ध एकीकृत जनक्रान्ति गर्ने बताए । उनले अब संसदीय चुनाव नभई जनमत संग्रह गर्ने बताए । सभालाई विप्लव लगायत नेताहरूले सम्बोधन गर्दैछन् ।

एमसीसीविरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्दै विप्लव नेकपा

काठमाडौँ-  राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले आज सोमबार राजधानी काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । प्रदर्शनसहित अपराह्न १२ बजे डुडिँखेलस्थित खुलामञ्चमा खबरदारी सभाको आयोजना हुने उक्त पार्टीका नेताहरूले जानकारी दिएका छन् । गत शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमसीसी तीन/चार वर्षअघि सम्पन्न गर्ने […]

एमसिसीविरुद्ध विप्लव नेकपाले वृहत प्रदर्शन गर्ने

काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विरुद्ध आज काठमाण्डौमा वृहत प्रदर्शन गर्दैछ। पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले आज काठमाडौंको खुलामञ्चमा दिउँसो १ बजे एमसिसीविरुद्ध वृहत् प्रदर्शन तथा सभा गर्ने तयारी गरिएको जानकारी दिए।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले संसदबाट एमसिसी पास गराउने षड्यन्त्र गरिरहेको भन्दै त्यसको विरोधमा आज प्रदर्शन गर्न लागेको हो।  सभालाई पार्टीका महासचिव ने

विप्लव समूह निकट विद्यार्थी संगठनको माइतीघरमा प्रदर्शन

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले जातिय विभेद तथा छुवाछुत विरुद्ध विरोध प्रदर्शन गरेको छ । आइतबार राजधानीको माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा विद्यार्थी नेताहरुले जातिय विभेद र छुवाछुतको विरोध गरेका छन् ।‘जातिय विभेद गर्ने जो कोहीलाई सामाजिक बहिष्कार गरौं’, ‘आधुनिक समाजमा जातिय विभेद गर्नु मानवता विरोधी अपराध हो’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका थिए ।