बंगलादेश साफ यु–२० च्याम्पियनसिपकाे फाइनलमा, नेपाललाई भारतकै भर

नेपालको फाइनल खेल्ने कि नखेल्ने भन्ने निर्णय भारतको खेलले गर्नेछ । साँझ ७ बजे हुने माल्दिभ्सविरुद्धको खेलमा भारत पराजित भए नेपाल फाइनल प्रवेश गर्नेछ ।

सम्बन्धित सामग्री

साफ यु–२० : बराबरीसँगै बंगलादेश फाइनलमा, नेपालले भारतको नतिजा कुर्नुपर्ने

काठमाडौं । साफ यु-२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध १–१ गोलको बराबरी खेलेको छ । बराबरीसँगै बंगलादेशले फाइनलमा स्थान बनाएको छ भने नेपालले फाइनल सम्भावनाका लागि भारतको नतिजा कुर्नुपर्नेछ । आज हुने दोेस्रो खेलमा भारतले माल्दिभ्सको सामना गर्दैछ । उक्त खेलमा भारत हारे नेपाल फाइनल पुग्नेछ । यदि भारतले बराबरी गरे वा […]

साफ यु २० च्याम्पियनसिप : नेपालले फर्कायो बराबरी गोल

साफ यु २० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र बंगलादेशबीचको खेल जारी छ । जारी अवस्थामा नेपाल र बंगलादेश १–१ को बराबरीमा रहेका छन् । मध्यान्तरपछिको खेलमा बंगलादेशले अग्रता बनाएकामा नेपालले जवाफी गोल फर्काएको हो। भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा खेल जारी छ ।

साफ यु-२०: फाइनल पुग्ने झिनो आशासँगै नेपाल बंगलादेशसँग भिड्दै

काठमाडौं, साउन १७ । भारतमा जारी साफ यु-२० च्याम्पियनसिप अन्तर्गत आज हुने खेलमा नेपाल र बंगलादेश भिड्दैछन् । भुवनेश्वरीस्थित कालिंगा रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ४:१५ बजे शुरु हुनेछ । आज हुने खेलमा नेपाल जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ । नेपाललाई फाइनल पुग्न आजको खेलमा जीतको विकल्प छैन । बंगलादेशलाई हराएपनि नेपालले भारतको […]

यु–२० च्याम्पियनसिपमा बंगलादेशको लगातार दोस्रो जित

११ साउन, काठमाडौं । साफ यु–२० च्याम्पियनसिप अन्तर्गतको खेलमा बंगलादेशले लगातार दोश्रो खेल जितेको छ । भुवनेश्वरमा भएको खेलमा बंगलादेशले घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको छ । उपाधि दाबेदार भारतमाथि पहिलो हाफमा नै लिएको २–१ को अग्रता जोगाउँदै बंगलादेश विजय भएको हो । पहिलो हाफको २९ औं मिनेटमा बंगलादेशका फरवार्ड पियास अहमद नोभाले […]

साफ यु-२० च्याम्पियनसिप : नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्ने

काठमाडौँ। साफ यु-२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ । साफले जारी गरेको खेलतालिका अनुसार नेपालले माल्दिभ्ससँग २५ जुलाइमा खेल्नेछ । नेपालले श्रीलंकासँग जुलाइ ७ मा दोस्रो, भारतसँग जुलाई ३१ मा तेस्रो र बंगलादेशसँग अगस्ट २ मा चौथो खेल खेल्नेछ । च्याम्पियनसिपमा नेपाल र माल्दिभ्ससँगै भारत, बंगलादेश, श्रीलंका गरी ५ टिमले सिंगल राउण्ड […]