काठमाडाैँ- नेपाली ऐतिहासिक चलचित्र नालापानीको ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी चलचित्र नालापानीको ट्रेलर सार्वजनिक गरिएको हो। चलचित्र सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज-नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँमा आधारित भएर निर्माण भएको ट्रेलरमा देख्न सकिन्छ। २ मिनेट ४१ सेकेण्ड लामाे ट्रेलरमा […]