धनकुटामा कोरोनाको जोखिम कायमै, थप एक साता निषेधाज्ञा

धनकुटा, असार ११ । कोरोना संक्रमणको जोखिम कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले असार १८ गतेसम्म जिल्ला भर लागू हुने गरि निषेधाज्ञाको समय थप गरेको छ । हाल जारी निषेधाज्ञा शुक्रबार राती १२ बजेसम्मका लागि भएकाले केही खुकुलो गरी निषेधाज्ञा एक साता थप गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिनुभयो । अत्यावश्यक सेवाका […]

सम्बन्धित सामग्री

जोखिम कायम रहेको भन्दै चितवनमा एकसाता निषेधाज्ञा थप

असार ३१, चितवन । चितवनमा पुन निषेधाज्ञा लम्ब्याएर साउन ७ गतेसम्म थप गरिएको छ । चितवनमा नयाँ डेल्टा भाइरस पुष्टि भएसँगै अझै कोरोना संक्रमणको जोखिम रहेको भन्दै निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले बताएको छ । कार्यालयले बिहीवार आदेश जारी गर्दै साउन ७ गतेसम्मका लागि थप गरेको हो । जारी निषेधाज्ञा बिहीवार राति १२ बजेदेखि सकिदैछ । निषेधाज्ञा सकिनै लाग्दा जिल्लामा कोरोनाको जोखिम कायमै रहेकोले प्रशासनले एक साता थप गरेको हो । थपिएको निषेधाज्ञा यसअघि गरिएको निषेधाज्ञाका आदेशहरुलाई निरन्तरता दिइएको छ ।  बढी भीडभाड हुने सेमिनार, सभा, शैक्षिक संस्था, पार्टी प्यालेस र धार्मिक स्थलमा हुने गतिविधिलाई रोकिएको छ भने घरमै सञ्चालन गर्ने सामाजिक संस्कारका कार्यहरुलाई बढीमा १५ जनाको सहभागितामा सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी निषेधाज्ञामा उल्लेख छ । अन्य व्यवसाय तथा सेवा दिने कामहरुको हकमा यसअघि गरिएको निषेधाज्ञा अनुसार तोकिएको मापदण्ड अनुसार सञ्चालन गर्न पाइनेछ ।

चितवनमा असार २४ गतेसम्म निषेधाज्ञा थप

असार १६, चितवन । चितवनमा जारी निषेधाज्ञाको अवधि पुनः एक साता थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बिहीवार आदेश जारी गर्दै असार २४ गतेसम्मका लागि थप गरेको हो ।  जारी निषेधाज्ञा बिहीवार राति १२ बजे सकिदैछ । निषेधाज्ञा सकिनै लाग्दा जिल्लामा कोरोनाको जोखिम कायमै रहेको भन्दै प्रशासनले एक साता थप गरेको जानकारी दिएको छ । तर अघिल्ला दिनहरुमा गरिने निषेधाज्ञा भन्दा अब थपिएको निषेधाज्ञा केही क्षेत्र भने खुकुलो गरिएको छ ।  जसअनुसार प्रशासनले सेवाग्राहीको बढी भिडभाड हुने सरकारी कार्यालयहरुले बार अनुसार सेवा प्रवाह गर्न पाइने निर्णय गरेको छ । जस अनुसार प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय तथा यातायात कार्यालय अब आंशिक रुपमा खुल्नेछन् ।  कुन कार्यालय कहिले खोल्ने भनेर स्थानीय तहले आलोपालो प्रणाली तोक्ने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । अन्य सबै सरकारी कार्यालयहरुले स्वास्थ्य मापदण्ड पालना गरेर सेवा प्रवाह गर्न सक्नेछन् । यस्तै, शुक्रवारदेखि नै तीन पाङग्रे सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागू हुने भएको छ । सार्वजनिक यातायातलाई विस्तारै सहज बनाउदै लैजाने क्रममा बढीमा २ जना यात्रु बोक्ने गरी तीन पांग्रे सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्न पाइने प्रशासनले जानकारी दिएको छ । जोर गते जोर नम्बरको र बिजोर गते बिजोर नम्बरको अटो रिक्साजस्ता तीन पांग्रे सवारी साधन सञ्चालन गर्न पाइनेछ । तीन पांग्रे अटोरिक्सा पूर्व निर्धारित रुटमा मात्रै चल्न पाउनेछन् । यस्तै ट्याक्सीमा पनि जोर बिजोर प्रणाली लागू गरिएको छ । प्रशासनले यसअघि २ पाग्रे निजी सवारी साधनमा मात्रै जोर बिजोर लागू गरेको थियो । दैनिक उपभोग्य तथा आवश्यकताका पसलहरु साताको तीन दिन दैनिक ६ घण्टा खोल्न पाइने भएको छ । यसअघि हप्ताको तीन दिन ४ घण्टामात्र खोल्न दिइएको थियो । जसअनुसार इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स पसल, भाडा, कपडा, फेन्सी, कम्प्युटर, कस्मेटिक तथा गिफ्ट, सुनचाँदी, फर्निचर, अटोमोबाइल, मोटरपार्ट्स, जुत्ता चप्पल, टेलरिङ, प्रेस तथा फोटोकपी पसल आइतवार, मंगलवार र बिहीवार दिउँसो १२ बजेदेखि ६ बजेसम्म खोल्न पाइने प्रशासनको आदेश छ ।

मकवानपुरमा निषेधाज्ञा एक साता थप

मकवानपुर, असार १४ । मकवानपुरमा जारी निषेधाज्ञा एक साता थप गर्दै असार २१ गतेसम्म कायम गरिएको छ । कोरोनाको जोखिम कायमै रहेकोले जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा र जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम निषेधाज्ञा थप गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । प्रेस, फोटो स्टुडियो, फोटोकपी सेन्टर बिहान १० बजेबाट ४ बजेसम्म खोल्न […]

मोरङमा एक साता लम्बियो निषेधाज्ञा

विराटनगर । मोरङमा जारी निषेधाज्ञा एक साता लम्बिएको छ । असार ७ गतेसम्म निषेधाज्ञा थप भएको हो । सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम अझै कम नभएको भन्दै थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो। निषेधाज्ञामा अवधिमा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, माछा–मासु र पुस्तक पसललगायतका व्यवसाय बिहान […]

मोरङमा निषेधाज्ञा एक साता लम्बियो

३१ जेठ, विराटनगर । मोरङमा जारी निषेधाज्ञा एक साता लम्बिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार असार ७ गतेसम्म निषेधाज्ञा थप भएको हो । सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । निषेधाज्ञामा अवधिमा खाद्यवस्तु, इन्धन, […]

चितवनमा एक साता निषेधाज्ञा लम्बाईयो

चितवन। कोरोनाको महामारी तिव्र गतिमा बढेसँगै चितवन जिल्ला प्रशासन कार्यलयले एक साताको लागि निषेधाज्ञा थप गरेको जिल्लाका सुुचना अधिकारी खेमराज पौडेलले जानकारी गराए। कोरोनाको जोखिम न्युनीकरण गर्ने उद्देश्यले जेठ २० गते राती सकिने निषेधाज्ञालाई लम्बाएर जेठ २७ गते राति १२ बजेसम्म पुर्‍याएको उनले बताए। यस पटकको निषेधाज्ञामा बैंक तथा वित्तीय क्षेत्रलाई केही खुकुलो बनाइएको उनको भनाई छ।

दाङमा थप दुई साता निषेधाज्ञा

दाङ । दाङमा थप दुई हप्तासम्म निषेधाज्ञा जारी राखिने भएको छ । कोरोनाको जोखिम कम नभएपछि जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले जेठ १५ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको प्रमुख जिल्ला अअधिकारी दीर्घनारायण पौडेलले बताए ।  यसअघि जेठ १ गतेसम्म लकडाउन गरिएको थियो । दाङमा वैशाख १७ गतेदेखि...