भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–४ खैराङका सबै सामुदायिक विद्यालयमा घेराबारा निर्माण गरिएको छ। विद्यालयको भौतिक सम्पत्तिको संरक्षणसँगै विद्यार्थीका लागि सुरक्षित र व्यवस्थित शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले वडा कार्यालयले घेराबारा कार्यक्रम सञ्चालन गरेको हो। वडाभित्र रहेका पञ्चकन्या आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालय, चण्डेश्वरी आधारभूत विद्यालय र सिला सुत्केरी आधारभूत विद्यालयमा घेराबारा निर्माणको काम सम्पन्न भएको […]
काठमाडौँ । बूढीगण्डकी नदीमा आएको भीषण बाढीको वास्तविक कारण पहिल्याउन सरकारले ३ जना भूगर्भविद्को टोली प्रभावित क्षेत्रमा परिचालन गरेको छ । बाढीको उद्गमस्थल अझै अस्पष्ट रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले खटाएको उक्त टोलीले स्थलगत अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ । प्राधिकरणका कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीका अनुसार गत भदौ १० गते रसुवा–भोटेकोशीमा […]
भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बागमती प्रदेशलाई योग, स्वास्थ्य र समृद्धिको नमुना प्रदेश बनाउने घोषणा गरेका छन् । पतञ्जली योग समितिले आज भक्तपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले बागमती प्रदेशका नागरिकको पहुँचमा योग र स्वस्थ जीवनशैली पुर्याउन ‘प्रादेशिक योगपरिषद्’ निर्माण गर्ने बताएका हुन् । मुख्यमन्त्री थापाले भक्तपुरलाई योग, शिक्षा, स्वास्थ्य र पर्यटनको एकीकृत […]