खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १ सय ३७ जनाको आरडिटि रिपोर्ट नेगेटिभ आएको छ । काठ्माण्डौं, उदयपुरको गाईघाट लगायतका ठाउँबाट आएका स्थानीयको आरडिटि टेष्ट गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको हो । गाउँपालिका आफैले १ सय ५० थान टेष्ट किट ल्याएर आईतबार आरडिटि परिक्षण गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । जिल्ला अस्पतालबाट डाक्टर तथा ल्यावका स्वास्थ्यकर्मी नआएपछि गाउँपालिकार्म कार्यरत स्वास्थ्यकर्मीमार्फत आरडिटि टेष्ट गरिएको हो । यसअघि गरिएको आरडिटि टेष्टमा दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ४४ जनाको रिपोर्ट नेगेटिभ देखिएको थियो ।