आज पुस १५ , तरुल, पिडालु, सखरखण्ड खाएर सुदूरपश्चिममा ठुलीरात मनाइदै

काठमाडौं, पुस १५ । एक आपसमा कथा र दन्त्य कथा सुन्ने र सुनाउने पर्वको रुपमा लिइने ‘पुसे १५‘ पर्व आज सुदूरपश्चिमाञ्चलमा हर्षोल्लासपूर्वक मनाइँदै छ । पुस १५ गते मनाइने भएकोले यो पर्व डोटेली लोकसंस्कृतिमा ‘पुसे १५‘ को रुपमा चर्चित रहेको छ । डोटेली लोकसंस्कृतिको मौलिक पहिचान बोकेको यो पर्वलाई पुुुस १५ गतेको रात वर्षभरिकै सबैभन्दा […]

सम्बन्धित सामग्री

लोपोन्मुख हुँदै आइना–बातै

प्रश्न/उत्तर मिश्रित यी हरफ डोटेलीका आइना हुन् । आइना यहाँको हाजिरी जवाफ प्रतियोगिताजस्तै हो । पुस १५ गते राति घर परिवार र छरछिमेकी एकै ठाउँमा जम्मा भई शरीरलाई न्यानो हुने मीठो मसिनो मौलिक परिकार खाएर आइना र बातै हाल्ने चलन छ । बातै भनेको कथा हो । आइनामा सवाल जवाफ हुन्छ भने बातै एक जनाले भन्ने र अरूले सुन्ने गर्छन् ।

कर्णाली र सुदूरपश्चिममा आज ‘पुसे १५’ पर्व मनाइँदै

मान्म – आज पुस १५ गते। कर्णाली र सुदूरपश्चिम प्रदेशमा ‘पुसे १५’ पर्व मनाइँदैछ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा परापूर्वकालदेखि नै ‘पुसे १५’ पर्व मनाइने चलन छ। आजको रात सबैभन्दा लामो हुने जनविश्वास भएकाले आजको रातलाई ठूलीरात मानी राति मिठामिठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने र कथा हालेर रात काट्ने चलन रहेको छ। […]

आज पुस १५, घिउ/तेलमा बनाइएका परिकार खाएर मनाइँदै

काठमाण्डाै – आज पुस १५ । पुस १५ काे दिन घिउ/तेलमा तारेर पकाइएको खानेकुरा अथवा घिउ हालेको भात वा घिउ खट्टे खाने गरिन्छ । घिउमा चामललाई भुटेर सखर हालेर बनाइने परिवारलाई घिउ खट्टे भनिन्छ । यसले शरीरमा ऊर्जासँगै ताप दिने जनविश्वास छ । आज सुदूरपश्चिम प्रदेशमा पनि घिउ/तेलमा बनाइएको विभिन्न परिकार खाएर पुस १५ मनाइँदै छ । यो पर्वमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने तथा तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमुल र डोटेली खानाका मिठा परिकार पकाएर खाने प्रचलन रहिआएको छ । कन्दमुलज...

सुदूपश्चिममा ‘ठूलीरात’ मनाइयो

बैतडी । पुस १५ गतेको रात सबैभन्दा लामो हुने मान्यताका साथ सुदूरपश्चिममा ‘ठूलीरात’ तथा ‘पुसे १५’ का रूपमा धूमधामसँग मनाइएको छ । यो रात सबैभन्दा लामो हुने भएकाले ठूलीरात मानी राति मीठो–मीठो खानेकुरा खाएर रमाइलो गरेर जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाई गर्ने चलन रहेको संस्कृतिका जानकार जयानन्द भट्टले बताउनुभयो । ‘रातभर […]

पुस १५ मा बटुक र तरुलको स्वादमा रमाउँदै सुदूरवासी

बैतडीसहित सुदूरपश्चिममा पुस १५ लाई पर्वका रुपिमा मनाउँदै तरुल, माणा, बटुकजस्ता खानेकुरा खाएर सुदूरपश्चिमेलीहरु रमाएका छन् । बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम, बाजुरालगायत सुदूरपश्चिमभर मनाईने पुस १५ का दिन घरपरिवारका सदस्य एकै ठाउँमा जम्मा भएर मिठो मसिनो खाने चलन छ ।

सुदूरपश्चिममा आज ‘ठूलीरात’ धुमधामसँग मनाइँदै

कैलालीः आज पुस १५, सुदूरपश्चिममा आज ‘ठूलीरात’ तथा ‘पुसे १५’ धुमधामसँग मनाइँदैछ । आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राति मिठा–मिठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, ...