गैर आवासीय नेपाली संघ एन आर एन कोरियाको अधिवेशन नजिकिदै गर्दा अध्यक्षका लागि २ महिलासहित ६ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन्। गत आइताबार नेपाल पत्रकार महासंघ कोरिया शाखाले आयोजना गरेको ‘एनआरएन कोरिया र अबको नेतृत्व’ विषयक अन्तरक्रिया कार्यक्रममा उपस्थित अध्यक्षका प्रत्यासी उम्मेद्वारले आफूहरू चुनावी मैदानबाट पछि नहट्ने बताएपछि ६ जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको…