कोरियन भाषा परीक्षा सञ्चालन हुँदै

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाको रोजगारीमा जानेहरूका लागि सन् २०२१ को भाषा परीक्षा हुने भएको छ । वैदेशिक रोजगार विभागका अनुसार कोरियामा काम गरी वैधानिक तवरले फर्केका कामदारलाई पुनः पठाउन कम्प्युटरमा आधारित विशेष परीक्षा सञ्चालन गर्नेबारे दक्षिण कोरियाको मानव संसाधन विभागसँग सहमति भएसँगै भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो । विभाग अन्तर्गतको ईपीएस शाखा ग्वार्काेका अनुसार आगामी पुस १ गतेदेखि भाषा परीक्षा हुनेछ । परीक्षा कम्प्युटरमा आधारित (पेपरलेस) हुनेछ । उक्त परीक्षा पुस ७ गतेसम्म चल्नेछ । गतवर्ष भने कोभिडका कारण भाषा परीक्षा हुन सकेको थिएन । सन् २०१९ को भाषा परीक्षामा ८४ हजार २१५ जना युवा सहभागी भएका थिए । उनीहरूमध्ये १२ हजार ९ जनाले परीक्षा उत्तीर्ण गरेका थिए । उत्तीर्ण गरेका मध्येबाट १० हजार ५० ले दक्षिण कोरिया प्रवेश पाउने बताइएको थियो । तर कोरोनाका कारण उनीहरूले प्रवेश पाउन सकेका छैनन् । लामो समयपछि प्रतिबद्ध कामदार भने लैजान शुरू गरेको छ । दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ । सन् २००८ मा ८१ महिलासहित दुई हजार ७३३ पुरुष रोजगारीका लागि कोरिया गएका थिए । उक्त वर्ष ३१ हजार ५२५ जना भाषा परीक्षामा सहभागी भएका थिए । ३०८ महिलासहित ६ हजार ४०६ जनाले भाषा परीक्षा उत्तीर्ण गरेका थिए । सन् २००९ मा भने भाषा परीक्षा सञ्चालन हुन सकेन । सो वर्ष अघिल्लो वर्ष भाषा परीक्षा उत्तीर्ण गरेका ९११ युवाले कोरियाको श्रम बजारमा प्रवेश गरेको ईपीएस शाखाको तथ्यांकले देखाउँछ । सन् २०१० मा दुई हजार ३३९, २०११ मा तीन हजार ९८३, २०१२ मा ६ हजार ३३२, २०१३ मा पाँच हजार ४६, २०१४ मा ६ हजार २८, २०१५ मा पाँच हजार ८६६, २०१६ मा आठ हजार ७९, २०१७ मा सात हजार ८०० र सन् २०१८ मा आठ हजार ५११ ले दक्षिण कोरियामा रोजगारीको अवसर प्राप्त गरेका थिए । नेपालीहरू मेहनती र इमानदार भएको भन्दै कोरियाली रोजगारदाताको  रोजाइमा पर्दै आएका छन् ।

सम्बन्धित सामग्री

१ लाख ६३ हजारले दिँदै कोरियन भाषा परीक्षा, २०८१ पुससम्म चल्ने

काठमाडौँ : इपीएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गतेसम्म चल्ने छ।सोमबार पहिलो चरणअन्तर्गत ४७ हजार ५१९ जना सहभागी उक्त परीक्षा आउँदो चैत २४ गते सकिने इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिइन्।उनका अनुसार दोस्रो चरणमा ७९ हजार ९३७ जनाको परीक्षा लिइने र त्यो परीक्षा विसं २०८१ को वैशाख ३१ देखि साउन १६ गतेसम्म सञ्चालन हुने छ। तेस्रो चरणको परीक्षामा ३६ हजार एक सय ७९ जना परीक्षार्थी सहभागी हुने छन्। उक्त परीक्षा २०८१ साल कात्तिक २६ देखि सुरु भएर २०८१ पुस

उत्पादनमूलकतर्फको कोरियन भाषा परीक्षा आउँदो पुससम्म चल्ने

७ फागुन, काठमाडौं । सन् २०२३ को उत्पादनमूलक क्षेत्रतर्फको कोरियन भाषा परीक्षा सुरु भएको छ । परीक्षामा १ लाख ६३ हजार ६३५ जना परीक्षार्थी सामेल हुँदैछन् । वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाकाअनुसार तीन चरणमा परीक्षा हुनेछ । पहिलो चरणमा आज सोमबारदेखि सुरु भएको परीक्षा आगामी २४ चैतसम्म चल्ने छ । दोस्रो चरणको परीक्षा […]

कोरियन भाषा परीक्षा आजदेखि सुरु हुँदै

काठमाडौं : कोरियन भाषा परीक्षा आजदेखि सुरु हुने भएको छ।कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा आजदेखि सञ्चालन हुन लागेको हो। वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा आजदेखि असार ३ सम्म सञ्चालन हुन लागेको हो। इपिएस शाखाका अनुसार परीक्षा ललितपुरको भैँसेपाटीस्थित सिबिटी भवनमा ३ सिफ्टमा सञ्चालन हुने छ। जस अनुसार पहिलो सिफ्ट बिहान १० बजेदेखि सुरु हुनेछ भने दोस्रो सिफ्ट बिहान साढ

कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि

काठमाडौं, जेठ १४। कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ देखि असार ३ सम्म सञ्चालन हुने जनाइएको हो । यसअघि वैशाख २६ देखि सञ्चालन गर्ने भनिए […]

कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि

कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ देखि असार ३ सम्म सञ्चालन हुने जनाइएको हो । यसअघि वैशाख २६ देखि सञ्चालन गर्ने भनिए पनि स्थानीय तहको निर्वाचनका कारण स्थगन गरिएको थियो ।ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कुटुवालले परीक्षा अवधिमा सार्वजनिक बिदाका दिनबाहेक अन्य दिन दैनिक तीन सिफ्टमा छ सय जनाको दरले

कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि

काठमाडौं । कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ देखि असार ३ सम्म सञ्चालन हुने जनाइएको हो । यसअघि वैशाख २६ देखि सञ्चालन गर्ने भनिए पनि […]

कोरियन भाषा परीक्षा मिति र केन्द्र तोकियो

काठमाण्डौ – कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा आउँदो १९ गते हुने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जानका लागि आवेदन दिएकाहरूको कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ गते तीन सिफ्टमा सञ्चालन हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।  शाखाले परीक्षा केन्द्र ललितपुरको भैसेपाटीमा रहेको सीबीटी भवन तोकेको छ । परीक्षा बिहान १० बजे, ११ बजेर ३० मिनेट र २ दिउँसोको २ बजे हुनेछ छ । परीक्षार्थीहरूको बायोमेट्रिक भेरिफिकेसन तथा अभिमुखीकरणको समय परीक्षा हुनुभन्दा अघिल्लो दिन ...

स्थानीय निर्वाचनका कारण कोरियन भाषा परीक्षा स्थगित

काठमाडौँ । स्थानीय तह निर्वाचनको कारण देखाउँदै कोरिया रोजगारीका लागि लिइने कोरियन भाषा परीक्षा स्थगित गरिएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखाले एक सूचना जारी गर्दै यही वैशाख २६ गतेदेखि हुने भनिएको परीक्षा स्थगित भएको जानकारी गराएको हो । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका कारण परीक्षा स्थगित गरिएको ईपीएस […]

रोकिएको कोरियन भाषा परीक्षा फेरी सञ्चालन हुने

कोरोना भाइरस संक्रमणको महामारीका कारण हुन नसकिरहेको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगतको कोरियन भाषा परीक्षा फेरि सञ्चालन हुने भएको छ ।

कोरियन भाषा परीक्षा पास गरेकालाई तत्काल पठाउन निर्देशन

काठमाडौं । रोजगार अनुमति प्रणालीमार्फत दक्षिण कोरिया जानेका लागि लिइएको कोरियन भाषा परीक्षा उत्तीर्ण गरी अहिलेसम्म जान नपाएर अलपत्र परेका नेपाली प्रशिक्षार्थी कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबारको बैठकले ईपीएसमार्फत भाषा परीक्षा उत्तीर्ण गरी बसेकालाई तत्काल दक्षिण कोरिया […] The post कोरियन भाषा परीक्षा पास गरेकालाई तत्काल पठाउन निर्देशन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.