मकवानपुर । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा निर्वाचनको तयारी तीव्र पारिएको छ । प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेको र प्रदेशसभाका चार निर्वाचन क्षेत्र रहेको मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटाँैडाले निर्वाचनको आवश्यक तयारी तीव्र पारेको जनाएको छ ।