न्यायाधीशहरूको संयुक्त बैठक सुरू, फुलकोर्ट बैठक प्रभावित

सर्वोच्च अदालतका न्यायाधीशहरुको संयुक्त बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि फुलकोर्ट बैठक बोलाएकोमा न्यायाधीशहरुको संयुक्त बैठक सुरु भएको हो ।  न्यायाधीशको बैठकका कारण फुटकोर्ट बैठक प्रभावित भएको छ । यस्तै आज इजलास समेत बसेको छैन । प्रधानन्यायाधीशको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आइतबार न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो ।  आइतबारमात्रै नेपाल बार एसोसिएसनका कार्यसमिति सदस्यहरुले प्रधानन्यायाधीश