काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि स्पेनका गैरआवासीय राजदूत जुआन एन्टोनियो मार्च पुजोलले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्ता उनीहरूबीच कृषि आधुनिकीकरण, कृषि डिजिटलाइजेसन, गुणस्तरीय कृषि उत्पादन, जल व्यवस्थापन, जलवायु अनुकूल कृषि तथा द्विपक्षीय सहकार्य विस्तारका विविध विषयमा छलफल भएको थियो । भेटका क्रममा राजदूत पुजोलले सन् २०२७ मा […]
बैङ्किङ क्षेत्रमै नभएको पदबाट करीयर शुरू गरेर नेपाल राष्ट्र बैंककै नियामकीय संरचनालाई चुनौती दिएका सीवाईसी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डोलेन्द्रराज शर्मामाथि अन्ततः कारबाही हुने भएको छ । आर्थिक अनियमितता, पदको चरम दुरुपयोग तथा कर्मचारीमाथि गरेको ज्यादतीका कारण विवादमा तानिएका शर्माले पटक–पटक नियामक निकायलाई झुक्याउने प्रयास गरेको आरोप छ । पछिल्लो पटक पनि सम्भावित कारबाहीबाट […]
काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका थप ७१ जना नेपालीको उद्धार गरिएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले सो क्षेत्रबाट यसअघि ६ सय १६ जना नेपाली नागरिकको उद्धार गरिएकोमा पछिल्लो समय थप ७१ जनाको उद्धार गरिएको र अन्यको पनि उद्धार कार्य जारी रहेको […]