विद्यार्थी संगठनहरुले गरे संयुक्त सडक प्रदर्शन

काठमाडौं। विपक्षी गठबन्धनका विद्यार्थी संगठनले संसद पुनर्स्थापना र पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्तामा माग गर्दै प्रदर्शन गरेका छन्। बिहीबार विपक्षी गठबन्धनका भातृ विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संगठन, अखिल क्रान्तिकारी, माधव नेपाल पक्षधर अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले प्रदर्शन गरेका हुन्। उनीहरुले प्रतिनिधिसभा पुनः स्थापनाको मागसमेत गरे। माग पुरा नहुञ्जेलसम्म आन्दोलनका अन्य कार्यक्रमहरु पनि घोषणा गर्ने संगठनहरुले जनाएका छन्।

सम्बन्धित सामग्री

राष्ट्रपति कदमको समर्थन र विरोध दुवै सडकमा

५ असोज, काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोध र समर्थनमा सडक प्रदर्शन सुरु भएको छ । सत्तारुढ गठबन्धन दलका कार्यकर्ता राष्ट्रपतिको कदमको विरोधमा सडकमा आएका छन् भने नेकपा एमालेका कार्यकर्ता समर्थनमा सडकमा उत्रिएका छन् । राष्ट्रपति भण्डारीको कदमको विरोधमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको एउटा समूहले काठमाडौंमा प्रदर्शन […]

सर्वोच्चको फैसलाविरुद्ध युवा र विद्यार्थी संगठनको प्रदर्शन

नेकपा एमालेनिकट जनवर्गीय संगठनहरूले विराटनगरमा सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै सडक प्रदर्शन गरेका छन्

सर्वोच्चलाई धन्यवाद दिँदै नेविसंघले गर्यो माइतीघरमा दीप प्रज्वलन (फोटो फिचर)

नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले माइतीघरमा दीप प्रज्वलन गरेको छ । सोमबार साँझ नेपालको संविधान आकारमा मैनवत्ति बाल्दै उनीहरूले प्रतिनिधि सभा पुनः स्थापना गर्ने सर्वोच्च अदालतको स्वागत गरेका छन् । धन्यवाद सर्वोच्च, लोकतन्त्र जिन्दाबाद, प्रतिगमन बाईबाई जस्ता नारा लगाउँदै उनीहरूले सडक प्रदर्शन समेत गरेका थिए । एमालेको केपी शर्मा ओली निकट अनेरास्ववियूले पनि सोही स्थानमा सर्वोच्चको विरोध कार्यक्रम गरिरहेका बेला नेविसंघले कार्यक्रम गर्न खोजेपछि अनेरास्ववियूका कार्यक

सर्वोच्चको फैसलाको विरोधमा ओलीनिकट विद्यार्थी संगठनको प्रदर्शन (फोटोफिचर)

नेकपा एमाले केपी ओली समर्थित विद्यार्थी संगठन अनेरास्ववियुले सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै सडक प्रदर्शन गरेको छ । विद्यार्थीहरुले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरुले सोमबार सर्वोच्च अदालतले गरेको फैसलाको चर्को विरोध गरेका छन् । सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापित गर्ने निर्णय गरेलगत्तै सत्तारुढ दल एमाले (ओली निकट) युवा र विद्यार्थी संगठनले त्यसको विरोध गर्दै आन्दोलनको घोषणा गरेका छन् ।

अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिकाविरुद्ध एकजुट हुन अनेरास्ववियुको आव्हान

काठमाडौं, असार २५ । सत्तारुढ दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिका विरुद्ध एकजुट हुन आव्हान गरेको छ । काठमाडौंमा शुक्रबार सडक प्रदर्शन गर्दै अनेरास्ववियुले ताजा जनादेशको पक्षमा जनमत सृजना गर्न पनि आव्हान गरेको छ । ७० वर्ष लामो संघर्षबाट प्राप्त लोकतन्त्र खतरामा परेकाले लोकतन्त्रको पक्षमा प्रदर्शन गर्न बाध्य […]

संसद विघटन विरुद्ध पाँच विद्यार्थी संगठनले देशव्यापी सडक प्रदर्शन गर्ने

संसद विघटन विरुद्ध प्रमुख पाँच विद्यार्थी संगठनले देशव्यापी सडक प्रदर्शन गर्ने भएका छन् । सोमबार बिहान बसेको नेपाल विद्यार्थी संघ, अनेरास्ववियू (क्रान्तिकारी),अनेरास्ववियु,समाजवादी विद्यार्थी युनियन, अखिल छैटौं लगायत पाँच विद्यार्थी संगठनका नेताहरुको बैठकले संसद विघटन विरुद्ध काठमाडौं लगायत ७७ वटै जिल्लामा प्रदर्शन गर्ने गर्न...

निर्मलाका निम्ति न्याय माग्दै विद्यार्थी सडकमा, मागे गृहमन्त्रीको राजीनामा

दाङमा विद्यार्थीले निर्मलाका निम्ति न्याय माग्दै सडक प्रदर्शन गरेका छन्। तुलसीपुर आसपासका दर्जनौं विद्यालयका विद्यार्थीले सोमबार तुलसीपुरमा प्रदर्शन गर्दै गृहमन्त्रीको राजीनामा माग गरेका हुन्।

नेविसंघको नारा : 'केपी ओली कुरीकुरी, धेरै भयो चुरीफुरी' :: Pahilopost.com

काठमाडौँ : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सडक प्रदर्शन थालेको छ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग लम्पसार परेको भन्दै मंगलबार नेवि संघले मंगलबार काठमाडौंका विभिन्न क्याम्पस अगाडि विरोध प्रर्दशन गर्दा काठमाडौँका मुख्य सडकहरुको ट्राफिक अस्तव्यस्त बन्यो। अरुण तेस्रो जलविद्युत आयोजना निर्माणको काम भारतलाई