मेगा स्मार्ट बैंकिङ एपमा नेपाल पे क्यूआर समायोजन

काठमाडौं (अस) । मेगा बैंकले मेगा स्मार्ट बैंकिङ एपमा नेपाल पे क्यूआरलाई समायोजन गरेको छ । एप प्रयोगकर्ताले अब नेपाल पे क्यूआरबाट सजिलै क्यूआर स्क्यान गरेर डिजिटल भुक्तानी गर्न सक्ने बैंकले बताएको छ । नेपाल पे क्यूआर विभिन्न मर्चेन्ट र भुक्तानी माध्यममा उपलब्ध छ । मेगा बैंक नेशनल पेमेन्ट स्वीचमा आबद्ध हुने र नेपाल पे क्यूआरलाई एपमा समायोजन गर्ने शुरुआती चरणका बैंकमध्ये एक रहेको बताइएको छ ।

सम्बन्धित सामग्री

स्मार्ट क्यूआर र नेपाल पे क्यूआर अन्तरआबद्ध

काठमाडौं  । नेपाल पे क्यूआर र स्मार्ट क्यूआरले नेटवर्कस्तरमा अन्तरआबद्ध भई सेवा शुरू गरेका छन् । आइतवार आयोजित एक कार्यक्रमका बीच विभिन्न बैंक तथा वालेटका प्रतिनिधिले दुवै नेटवर्कमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन् । सो कार्यक्रममा स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी)का प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि कार्यक्रममा उपस्थित थिए । क्यूआर भुक्तानीलाई थप प्रवर्द्धन गर्न नेटवर्कस्तरको अन्तरआबद्धता सहित सञ्चालनका लागि सहकार्य भएसँगै नेपाल पे क्यूआरमार्फत आबद्ध भएका  विभिन्न  मोबाइल बैंकिङ, वालेट र कनेक्ट आईपीएसका प्रयोगकर्ताले स्मार्ट क्यूआर नेटवर्कमा आबद्ध  सम्पूर्ण मर्चेन्टमा सजिलै भुक्तानी गर्न सक्ने भएका हुन् । यसैगरी स्मार्ट क्यूआर नेटवर्कको मोबाइल बैंकिङ र वालेटले नेपाल पे क्यूआर  नेटवर्कमा आबद्ध मर्चेन्टमा सजिलै भुक्तानी गर्न सक्ने बताइएको छ ।

ग्लोबल आइएमई बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंक र नेपाल क्लियरिङ हाउसबीच नेशनल पेमेन्ट स्वीच सञ्चालनको सम्बन्धमा सम्झौता गरिएको छ । दुई संस्थाबीच औपचारिक रूपमा नेपाल पे क्यूआर सुविधा सुचारु गर्न सम्झौता गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार ग्राहकलाई ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’मार्फत सरकारी तथा अर्धसरकारी बिल भुक्तानी, क्रेडिट कार्डको बिल भुक्तानी, बीमा शुल्क भुक्तानी, शेयर कारोबार लगायतको भुक्तानी सुविधा उपलब्ध गराउनेछ । बैंकले नेशनल पेमेन्ट स्वीचअन्तर्गतका नेपाल पे क्यूआर, नेपाल पे इन्स्ट्यान्ट, नेपाल पे रिक्वेस्ट लगायतका सेवा पनि उपलब्ध गराउनेछ । डिजिटल पेमेन्ट प्रणालीको प्रवर्द्धनका लागि ग्लोबल आईएमई बैंक अग्रसर रहिआएको बताइएको छ ।