बार्सिलोना क्लबका सुपरस्टार खेलाडी लियोनल मेसीले क्लबसँग थप पाँच वर्षको सम्झौता गरेका छन् ।
कम तलब लिएर उनी क्लबमा बस्न सहमत भएको विभिन्न सञ्चारमाध्यममा समाचार आएका छन् ।
मेसी बार्साका सर्वाधिक गोलकर्ता खेलाडी हुन् । विगत २१ वर्षदेखि क्लबमा जोडिएका मेसीको सम्झौता गत जुन महिनामा सकिएको थियो र उनी अहिले फ्री एजेन्ट हुन् ।
जोआन लापोर्ता क्लबको अध्यक्ष बनेदेखि तलब घटाएर भए पनि मेसीलाई राखिरहने मिसन बनाएका छन् । ला लिगाको कठोर आर्थिक नियन्त्रण नियमभित्र क्लब बस्नेछ ।
ला लिगाका प्रमुख जाभि...