भारतको उत्तर प्रदेश राज्यमा विधानसभा चुनावको सरगर्मी बढेको छ ।
हालसम्म लोकसभा चुनाव लड्दै आएका मुख्यमन्त्री योगी आदित्यनाथ यसपालि विधानसभा चुनावको मैदानमा उत्रिने भएका छन् ।
योगी गोरखपुर सीटबाट चुनाव लड्ने भएका छन् । यसअघि योगी सोही क्षेत्रबाट लोकसभा चुनाव लड्दै आएका थिए ।
मुख्यमन्त्री योगीलाई टक्कर दिन भीम आर्मीका नेता चन्द्रशेखर आजाद ‘रावण’ गोरखपुर सीटबाट चुनाव लड्ने भएका छन् । योगीविरुद्ध रावण मैदानमा उत्रिने भएपछि चुनाव झनै रोचक हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
रावणले एक अन्तर्वार्तामा...