वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संघीयताको पक्षमा बोल्न र लड्न पर्ने प्रदेश सरकार भएको बताएका छन् । ‘अब यो संघीयताको पक्षमा बोल्न पर्ने र लड्न पर्ने प्रदेश सरकार भएको छ,’ उनले भने, ‘संघीयता नमान्ने पक्ष पनि छन्, संविधान र यो व्यवस्था नमान्नेहरु पनि छन् । कतिपय जनअपेक्षाअनुसार काम गर्न नसक्दा पनि ती प्रश्नहरु उठिराखेका छन् ।’