उच्च अदालत तुलसीपुरकी न्यायाधीश शाह बर्खास्त

काठमाण्डाै – न्याय परिषद्को बैठकले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश रेणुका शाहलाई बर्खास्त गरेकाे छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा आज शुक्रवार बसेको परिषद्को बैठकले न्यायाधीश शाहलाई बर्खास्त गरेकाे हो । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार न्यायाधीश शाहलाई योग्यता नपुगेका कारणले पदबाट बर्खास्त गरिएको हो । पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाहकी छोरी रेणुका लामो समय सीटीईभीटीमा कार्यरत रहेको र न्यायाधीश हुनका लागि योग्यता पुष्टि गर्न नसकेपछि पदब...

सम्बन्धित सामग्री

लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का अगाडि नबढाउन अदालतको अन्तरिम आदेश

काठमाडौँ । लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्का प्रक्रियालाई यथास्थितिमा राख्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले अन्तरिम आदेश जारी गरेको छ। गत साउन २५ गते उच्च अदालत तुलसीपुर इजलास बुटवलका न्यायाधीश रामप्रसाद ओलीको इजलासले ठेक्का प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेकोमा गत भदौ १७ गतेको अन्तरिम आदेशमार्फत् त्यसलाई निरन्तरता दिएको हो। लुम्बिनी प्रदेश पूर्वाधार […]

कोरोना बिमाबापतको रकम दिन उच्च अदालतको परमादेश

नेपालगन्ज । उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले कोरोना बिमाबापतको रकम दिन विपक्षी बिमा कम्पनीका नाममा परमादेश जारी गरेको छ । कोरोना बिमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगन्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले विपक्षी बिमा कम्पनीका नाममा सो आदेश जारी गरेको हो । रिट निवेदकको पक्षमा अधिवक्ता सुनीलकुमार...

बीमा कम्पनीको नाममा परमादेश आदेश

उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश आदेश जारी गरेको छ । कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले विपक्षी बीमा कम्पनीको नाममा सो आदेश जारी गरेको हो । रिट निवेदकको पक्षमा अधिवक्ता सुनिलकुमार श्रेष्ठ, लोकबहादुर शाह, विकाश आचार्य, प्रभाकर भट्टराई, बलबहादुर चन्द, केवलसिंह थारुलगायतले बहस गरेको अधिवक्ता वसन्त गौतमले जानकारी दिनुभयो ।

बेपत्ताको अवस्था सार्वजनिक गर्न परमादेश

रुपन्देही । बेपत्ता पीडित परिवारले सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएकाको अवस्था सार्वजनिक गर्न माग गर्दै दर्ता गरेको निवेदनउपर उच्च अदालत तुलसीपुर इजलास बुटवलले परमादेश जारी गरेको छ । बेपत्ता परिवारका तर्फबाट निवेदक वुधु पासी र धनकुमारी थारुले उच्च अदालत बुटवलमा दर्ता गरेको परमादेश निवेदन दर्ता भई बुधबार भएको सुनुवाइमा न्यायाधीश नित्यानन्द पाण्डे र ममता खनालको […]

कोरोना बीमा भुक्तानी नदिने कम्पनीलाई अदालतको कारण देखाऊ आदेश

उच्च अदालत तुलसीपुर नेपालगञ्‍जको इजलासले कोरोना बीमा भुक्तानी नदिने बीमा कम्पनीलाई १५ दिने कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश ध्रुवराज चन्दको एकल इजलाशले कोरोना बीमा भुक्तानी नगर्ने नेपालगञ्‍जका २० बीमा कम्पनीलाई मंगलबार कारण देखाऊ आदेश जारी गरेको हो ।

न्यायाधीश थपलियालाई विद्यावारिधी उपाधि

१६ फागुन, काठमाडौं । उच्च अदालत तुलसीपुर, वुटवल इजलासका न्यायधीश नवराज थपलियाले विद्यावारधी उपाधि पाएका छन् । उनको ‘ल एण्ड डेभलपमेन्ट इन पोष्ट कनफ्लिक्ट सिनारियो इन नेपाल’ विषयको शोधपत्रलाई त्रिभुवन विश्व विद्यालय, कानुन संकायका डिन प्रा.डा.विजयसिंह …

उच्च अदालत नेपालगंज इजलासमा लक्ष्यभन्दा धेरै मुद्धा फर्छ्यौट

बाँके : उच्च अदालत तुलसीपुर, नेपालगंज इजलासले लक्ष्यभन्दा बढी मुद्धा फर्छ्यौट भएको जनाएको छ। उच्च अदालतले बुधबार नेपालगंजमा पत्रकार सम्मेलन गरी चालू आर्थिक वर्षको कार्तिक मसान्तसम्म लक्ष्यको १०४ प्रतिशत मुद्धा फाछ्र्यौट भएको जनाएको हो।  पत्रकार सम्मेलनमा उच्च अदालत तुलसीपुर, नेपालगंज इजलासका मुख्य न्यायाधीश विष्णु सुवेद...