काठमाडौं । नेकपाभित्र तेस्रो धार रहेको दावी गर्दै आएका वामदेव गौतमले पार्टी एकता अभियान मार्फत प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग बार्गेनिङ पावर बढाएका छन् । आइतबार मात्रै ६ सय भन्दा बढी सदस्यसहितको केन्द्रीय समिति बनाएका गौतमले आइतबार नै प्रधानमन्त्री ओलीलाई वालुवाटारमा भेटघाट गरेका थिए ।