विराटनगर महानगरले रानीपोखरी ग्रिनपार्क बनाउने

मोरङ – विराटनगर महानगरपालिकाले ५ करोडभन्दा बढीको लगानीमा पोखरी निर्माण गर्ने भएको छ। महानगरका मेयर नागेश कोइरालाले दक्षिण क्षेत्रलाई प्राथमिकतामा राख्दै विराटनगरको १४ नम्बर वडामा रानीपोखरी ग्रिनपार्कको शिलान्यास गरेका हुन्। दुई वर्षभित्र ग्रिनपार्क निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउने मेयर कोइरालाले शिलान्यासका क्रममा जानकारी दिए। सुन्दर, हरियाली, सफा र व्यवस्थित विकसित महानगर बनाउने अभियानमा […]

सम्बन्धित सामग्री

बेवारिसे बन्यो रानीपोखरी

तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ पुस २०७८ मा महानगरलाई चिटिक्क परेको रानीपोखरी हस्तान्तरण गरेको थियो । तर पछिल्लो समय रानीपोखरीको चारैतिर निर्मित पार्कमा घाँस उम्रिएर झाडी बन्न पुग्दा रानीपोखरी कुरुप बन्न थालेको छ ।

रानीपोखरीमा माछा र हाँस पाल्न महानगरको बजेट

११ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले रानीपोखरीमा माछा र हाँस पाल्ने भएको छ । माछाको भुरा र हाँस खरिद गर्न महानगरले आर्थिक वर्ष २०७९/८० को बजेटमा ५ लाख रुपैयाँ बजेट छुट्याएको छ । यो बजेटबाट माछा र हाँसका लागि आहारा पनि खरिद गर्नुपर्ने छ । यस्तै रानीपोखरी योजनाको विस्तृत परियोजना प्रतिवेदनका लागि पनि बजेट छुट्याइएको […]

एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु

२०१५ सालमा महानगर स्थापनापछि उपत्यकाको फोहोरको व्यवस्थापन महानगरले गर्ने भनिए पनि त्यो अनुसारको काम नभएको मानवको गुनासो छ ।

महानगरको हातमा रानीपोखरी : बनाउन त सकेन, जोगाउन सकोस्

८ पुस, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट रानीपोखरीको स्वामित्व बुुझेपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य प्रफुल्ल मुद्रामा भने, ‘रानीपोखरी हस्तान्तरण हुँदा आनन्दित छु ।’ मेयर शाक्यले खुसी साँटिरहँदा उपमेयर हरिप्रभा खड्गीको मनमा भने प्रताप मल्लकालीन शैलीमा पुनर्निर्मित रानीपोखरी ‘महानगरले नै पुनर्निर्माण गर्न पाएको भए हुन्थ्यो’ भन्ने लागिरहेको थियो । उनले त्यही कुरा उनले कार्यक्रममै बताइन् […]

पोखरीको पुनर्निर्माण

रानीपोखरी निर्माणमा प्राधिकरणले जे÷जसरी सहज वातावरण निर्माण गर्‍यो, अहिले कमलपोखरी पुनर्निर्माणको सवालमा महानगरले पनि त्यही शैलीलाई अनुशरण गर्नु उपयुक्त हुन्छ । स्थानीय बासिन्दा र सम्पदाप्रेमीहरूको भावनामा चोट पुर्‍याएर कुनै पनि सम्पदाहरूको पुनर्निर्माण अघि बढ्न सक्दैन जसलाई महानगरपालिकाले हेक्का राख्नैपर्छ ।

रानीपोखरी पुनर्निर्माणको जिम्मा पनि सेनालाई

१३ साउन, काठमाडौं । रानीपोखरी नबन्दा आलोचित भएका काठमाडौं महानगरकापालिकाका मेयर विद्यासुन्दर शाक्य पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई दिने निष्कर्षमा पुगेका छन् । यद्यपि उपमेयर हरिप्रभा खड्गीसहित केही वडाध्यक्षले भने नेपाली सेनालाई ठेकदार बनाउन नहुने मत राखेर विरोधमा छन् । महानगरले रानीपोखरी र त्यहाँ रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको जिम्मा पाएको थियो । …

रानीपोखरीमा तीन करोड डुब्ने डर

रानीपोखरी पुनर्निर्माणका नाममा काठमाडौं महानगरपालिकाले खर्चेको करिब तीन करोड रुपैयाँ डुब्ने भएको छ।पुरातात्त्विक महत्त्वलाई बेवास्ता गर्दै महानगरले पुनर्निर्माण सुरु गरेकाले हालसम्म खर्चेको रकम डुब्ने भएको हो । रानीपोखरी पुनर्निर्माणमा विवाद भएपछि गठन गरिएको विशेषज्ञ समितिले रानीपोखरीमा हालसम्म निर्माण भएका सबै संरचना भत्काउन सुझाव दिएकाले हालसम्म खर्च गरिएको रकम खेर जाने भएको छ।

महानगरले नटेरेको भन्दै संरक्षण अभियन्ताद्वारा रानीपोखरीमा तालाबन्दी

विरोधकै बीच जारी निर्माण रोक्न रानीपोखरी संरक्षण अभियन्ताहरुले निर्माणक्षेत्रमा तालाबन्दी गरेका छन्। मंगलबार बिहान महानगरपालिका उपमेयर हरिप्रभा खड्गीको अनुगमनपछि संरक्षण अभियन्ताले त्यहाँ तालाबन्दी गरेका हुन्। यसमा उपमेयर खड्गीसहित सम्पदाविद् र पुरातत्वविद्को समर्थन रहेको अभियन्ता आलोक तुलाधरले सेतोपाटीलाई बताए। ‘बिहान उपमेयर आउनुभयो। उहाँको अनुगमन सकेपछि हामीले तालाबन्दी गर्याैं,’ तुलाधरले भने, ‘उपमेयरले आफ्नो पनि समर्थन रहेको जनाउनु…