जनकपुरधाम । धनुषामा जरायोको सिङसहित दुईजना पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ मा जरायोको सिङसहित दुईजना पक्राउ परेका हुन् ।
महोत्तरीको महोत्तरी गाउँपालिका ३ वस्ने २० वर्षीय रितेशकुमार पाण्डे र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का २० वर्षीय सोनुकुमार पाण्डे पक्राउ परेको प्रहरी नायव उपरीक्ष प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए...