काठमाडौं : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले पार्टीलाई नयाँ शिराबाट निर्माण गर्न वडा सम्मेलन कोशेढुंगा सावित हुने बताएका छन्। माओवादी केन्द्रको वडा सम्मेलनको अघिल्लो दिन शुक्रवार प्रवक्ता महराले प्रेस वक्तव्य जारी गर्दै यस्तो बताएका हुन्।
उनले देशमा आमूल परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको पार्टीले अंगालेको समाजवादको यात्रा पूरा…