काठमाडौं : राष्ट्रियसभा बैठकबाट औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित भएकाे छ।शुक्रबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले पेस गरेको औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मत पारित गरेको हो।त्यस्तै, मन्त्री खापुङले नै पेस गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मत पारित गरेकाे छ।बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव