महाेत्तरी - सूर्यको पूजा गरि मनाइने छठ पर्व अन्तर्गत आज खरना मनाइँदैछ ।
आज तेस्रो दिन व्रतालुले साँझ घरमा दूध, सक्खर र चामलले बनाइएको खीर अर्घ्य स्वरुप अर्पण गरेर खरना पर्व मनाउँछन् ।
आज दिनभरि नै निराहार उपवास बसेर साँझको समयमा पकाएको खीर भगवानलाई अर्घ्य दिइन्छ । त्यसपछि अर्घ्य स्वरुप चढाएको खीर प्रसादस्वरुप ग्रहण गर्ने चलन रहेको छ । साँझमा खीर पकाउनको लागि व्रतालुहरु बिहानैदेखि दूधको जोहोको लागि व्यस्त रहेका छन् ।
अत्यन्त निष्ठा एवम् नियमपूर्वक पाँच दिनसम्म मनाइने छठपर्व पछिल्लो समयमा सबैको साझा पर्वको रुपमा परिचि...