निगमद्वारा सुदूरपहाडी जिल्लामा भाडादर कायम (कहाँको कति?)

नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न भाडादर कायम गरेको छ। वर्षाका कारण पहाडी जिल्लामा सडक अवरुद्ध भएपछि निगमले  हवाई सेवा सञ्चालनका लागि भाडादर कायम गरेको हो ।

सम्बन्धित सामग्री

रुपन्देहीमा ट्याक्सी भाडा निर्धारण

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा टयाक्सीको भाडादर कायम गरेको छ। जिल्ला समन्वय समितीका प्रमुख उमाकान्त चपाईको अध्यक्षतामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवाला निकायहरुको बैठकले सडक सवारी, यातायात तथा परिवाहन...

पाल्पामा घट्यो सवारीसाधनको भाडा

पाल्पा : जिल्लामा व्यवसायीले सार्वजनिक सवारीसाधनको भाडा घटाएका छन्।चर्को भाडा असुलेको यात्रुको गुनासोपछि सरोकारवाला पक्षको बैठक बसेर नयाँ भाडादर कायम गरिएको हो। तानसेन नगरपालिका– ९ र आसपासका २०० भन्दा बढी सर्वसाधारणले सार्वजनिक सवारीसाधनमा भाडादर महँगो भएको भन्दै हस्ताक्षर संकलन गरी प्रमुख जिल्ला अधिकारीलाई बुझाएका थिए। वडाध्यक्ष राजेशकुमार अर्यालले वडाले जनताको गुनासोलाई समन्वय गरेपछि नयाँ भाडादर कायम भएको बताए। प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले यात्रुले गरेको गुनासो र निवेदन

लमजुङमा दुई वर्षपछि नयाँ भाडादर निर्धारण

लमजुङ – लमजुङमा दुई वर्षपछि यात्रुवाहक सवारी साधनहरुको नयाँ भाडा दर लागु भएको छ। जिल्ला भित्रका अस्थायी मार्ग तथा भाडादर निर्धारण समितिको निर्णयानुसार जिल्ला भित्रका सवै सडकहरुमा नयाँ भाडा दर कायम कायम गरेको हो। जिल्लामा पछिल्लो समय पेट्रोलियम पदार्थको मुल्यबृद्धि भएसँगै नयाँ भाडादर कायम गरिएको प्रजिअ सुशील  बैद्यको भनाइ छ। यातायात संचालन भइरहेका कतिपय सडकहरूमा भाडा […]

सुर्खेतमा सवारीसाधनको नयाँ भाडादर तोकिने

सुर्खेत । सुर्खेतमा सार्वजनिक सवारीसाधनको नयाँ भाडादर कायम गरिने भएको छ । जिल्लामा सार्वजनिक यातायातका सवारीसाधनले यात्रुसँग आफूखुशी भाडा असुल्न थालेपछि एकरूपता ल्याउन नयाँ भाडादर कायम गर्न लागिएको हो । यातायात क्षेत्रलाई मर्यादित एवं व्यवस्थित बनाउने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सोमवार बसेको सरोकारवालाको बैठकले जिल्लाभर लागू हुनेगरी सार्वजनिक यातायातको नयाँ भाडा दर कायम गर्न लागिएको बताएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले विभिन्न समयमा सार्वजनिक यातायातका सवारीसाधनले मनोमानी भाडा असुल्ने गरेको जनगुनासो आएपछि एकरूपता ल्याउन नयाँ भाडादर कायम गर्न लागिएको बताए । यातायात क्षेत्रमा रहेको विकृति र विसंगति हटाउने जिम्मेवारी सबैको उत्तिकै भएको उनको भनाइ छ । बैठकमा यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाईंले तीन दिन पहिले गरिएको अनुगमनका क्रममा अधिकांश सार्वजनिक सवारीसाधनले मनमानी भाडा असुलेको, सीट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको, सवारीसाधनमा आफूखुशी संरचना बनाएको, सवारीसाधनको आवश्यक कागजात साथमा नराख्ने गरेको, रूट परमिट नभएका सवारीसाधनले समेत सवारी बोकेको, सवारी साधन दुरुस्त नराखेकोलगायत समस्या पाइएको बताए । दुईदिने अनुगमनका क्रममा ५०० सवारीसाधनको चेकजाँच गर्दा ४९ ओटा कारबाहीमा परेको उनले जानकारी दिए । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले सार्वजनिक सवारीसाधनहरूमा नियम कानून कार्यान्वयन तुलनात्मक रूपले सुधारोन्नमुख रहे पनि अझै पर्याप्त हुन नसकेको बताए । ट्राफिक नियम कार्यान्वयनका लागि यातायात क्षेत्रका संघसंस्था, सवारीचालक तथा कर्मचारी समेत जिम्मेवार बन्न आवश्यक रहेको उनले औंल्याए । बैठकमा विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरूलाई सार्वजनिक यातायातमा नियम अनुसार छूट दिनुपर्ने माग अधिकारकर्मीहरूले राखेका थिए । सार्वजनिक यातायात क्षेत्रका संघसंस्थाका प्रतिनिधिले भने कोरोनाकालमा यातायात क्षेत्र बढी धराशयी बनेको र अझै पनि व्यवसाय माथि उठ्न नसकेकाले विभिन्न समस्या झेल्नुपरिरहेको बताए ।

रसुवामा सार्वजनिक गाडिको भाडा घट्यो

रसुवामा सार्वजनिक गाडिको भाडादर घटेको छ। सरकारले वृद्धि गरेको २३ प्रतिशतमा जिल्लामा संचालन हुने सार्वजनिक गाडिको भाडादर ७ प्रतिशतले घटाइएको हो। जिल्ला प्रशासन कार्यालय रसुवाले आइतबार यातायात व्यवसायीसँग भाडा समायोजन...

निगमद्वारा सुदूरपहाडी जिल्लामा भाडादर कायम

धनगढी । नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न भाडादर कायम गरेको छ । वर्षाका कारण पहाडी जिल्लामा सडक अवरुद्ध भएपछि निगमले हवाई सेवा सञ्चालनका लागि भाडादर कायम गरेको हो । धनगढीबाट डोटी २ हजार ६१५ र डोटीबाट धनगढी २ हजार ५१५, धनगढीबाट बझाङ ३ हजार ९९५ र बझाङबाट धनगढी ३ हजार ८९५ रुपैयाँ हवाई भाडादर कायम गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए । यात्रुको चाप बढेपछि धनगढीलाई आधार बनाएर पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न आइतवारदेखि परीक्षण उडान गरिएको उनको भनाइ छ । उनका अनुसार आइतवार पहिलो उडान धनगढीबाट डोटीको दीपायल र दोस्रो उडान बझाङमा भएको छ । रासस

निगमद्वारा सुदूरपहाडी जिल्लामा भाडादर कायम

गोदावारी, ७ कात्तिक । नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न भाडादर कायम गरेको छ । वर्षाका कारण पहाडी जिल्लामा सडक अवरुद्ध भएपछि निगमले हवाई सेवा सञ्चालनका लागि भाडादर कायम गरेको हो । धनगढीबाट डोटी रु दुई हजार ६१५ र डोटीबाट धनगढी रु दुई हजार ५१५, धनगढीबाट बझाङ रु तीन हजार ९९५ […]

रुकुम पश्चिममा सवारी साधनको नयाँ भाडादर

रुकुम पश्चिममा सवारी साधानको नयाँ भाडादर तोकिएको छ । केही दिनअघि बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले भाडादर समायोजन गरेको हो । २०७८ असार २९ गते यातायात व्यवस्था विभागले परिमार्जन गरेको भाडाअनुसार जिल्लाभित्र पनि भाडा समायोजन गरिएको छ ।जिल्लामा पछिल्लो पटक गत वर्ष माघ ११ गते भाडादर समायोजन गरिएको थियो । इन्धनमा भएको मूल्य वृद्धि […]

रुकुम पश्चिमको ग्रामीण क्षेत्रका सवारी साधनमा नयाँ भाडादर कायम

असोज १८, रुकुम । रुकुम पश्चिममा सञ्चालन हुने यातायातका साधनमा नयाँ भाडादर कायम गरिएको छ । रुकुम पश्चिमका आन्तरिक रुटमा सञ्चालन हुने  सवारी साधनको नयाँ भाडा कायम गरिएको छ ।  शुक्रवार बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले रुकुम पश्चिमका ग्रामीण भेगमा सञ्चालन हुने सवारी साधनहरुको नयाँ भाडादर कायम गरेको हो । २०७८ असार २९ गते यातायात व्यवस्था विभागले परिमार्जन गरेको भाडा अनुसार रुकुम पश्चिमका ग्रामीण क्षेत्रमा सञ्चालन गरिने यातायातका साधनको  भाडादर  समायोजन गरिएको  छ । यसअघि जिल्ला यातायात व्यवस्थापन समितिले गत वर्षको माघ ११ गते भाडादर समायोजन गरिएको थियो ।  इन्धनमा भएको मुल्य वृद्धि र सडक स्तरोन्नतिको आधारमा भाडा समायोजन गरिएको यातायात व्यवस्थापन समितिले जानकारी दिएको छ । जिल्लामा रहेका सडकलाई ३ वर्गमा विभाजन गर्दै भाडा समायोजन गरिएको  जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।  जसमा  ‘क’ वर्गमा सञ्चालित सवारी साधन वसको लागि प्रति किलोमिटर ४ रुपैयाँ ५० पैसा, जिपको लागि ५ रुपैयाँ ५० पैसा भाडा निर्धारण गरिएको जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी बद्रीनाग गैह्रेले जानकारी दिएका छन् ।  उनका अनुसार ‘ख’ वर्गको सडकमा चल्ने सवारी साधन वसको लागि ७ रुपैयाँ ५० पैसा र जिपको लागि ८ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । त्यस्तै ‘ग’ वर्गको सडकमा चल्ले सवारी साधन जिपको लागि ९ रुपैयाँ ५० पैसा भाडा निर्धारण गरिएको छ यातायात व्यवस्थापन समितिका अध्यक्ष गैह्रेले जनाए ।  रुकुम पश्चिम जिल्लामा ‘ग’ वर्गको सडकमा बसको लागि रुटपरमिट दिइएको छैन । यसअघि गत वर्षको माघमा भाडा समायोजना गरिएको भएपनि उक्त भाडादर अहिलेसम्म पनि पूर्ण रुपमा कार्यान्वन हुन सकेको छैन् । अहिले त्यसमा ५० पैंसा मात्र वृद्धि भएको छ ।  अघिल्लो वर्ष नै समायोजन गरिएको  भाडादर पूर्ण रुपमा कार्यन्वयन नहुँदै  नयाँ भाडादर कार्यान्वयन हुनेमा स्थानीयले शंका व्यक्त गरेका छन् । स्थानीय रमेश खड्काले भने, ‘गतवर्षकै भाडादर कार्यन्वयन भएको छैनन्, यस पटक निर्धारण गरेको भाडादर पनि लागू हुनेमा उनले शंका व्यक्त गरेका छन् ।  नेपाल सरकारले  सवारी साधनमा २८ प्रतिशत भाडा बढाएकोले अहिले रुकम पश्चिममा पनि नयाँ भाडादर समायोजन गरिएको जानकारी दिइएको छ । नयाँ भाडादर सबै टिकट काउन्टर र सवारी साधनहरुमा यात्रुहरुले  प्रस्ट देखिने गरी राख्ने निर्णय गरेको छ । यातायात व्यवसायीले यात्रुको नाम, ठेगाना, प्रस्ट हुने गरि टिकट काटेर मात्र सवारी साधन सञ्चालन गर्न पाउने छन् । यसका साथै चाडपर्वलाई लक्षित गर्दै मुसीकोटको खलंगा र त्रिवेणी गाउँपालिकाको झुल्नेटामा यात्रु सहायता कक्ष स्थापना गर्ने निर्णय पनि भएको छ ।  समितिले तोकिएको भन्दा बढी भाडा नलिन र लिएको पाईएमा कारवाही हुने चेतावनी समेत दिएको छ । यात्रुलाई पनि तोकिएको भन्दा बढी भाडा नतिर्न आग्रह गरिएको छ ।  तोकिएको भाडादर भन्दा वढी लिएमा नजिकैको जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्रशासन कार्यालयका साथै प्रमुख जिल्ला अधिकारीलाई समेत वढी भाडा लिने सवारी साधन नम्बर सहित खबर गरेमा तुरुन्तै कारबाही हुने जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

यातायातको नयाँ भाडादर लागू

खोटाङ, (नेस) । जिल्लामा सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले वृद्धि गरिएको छ । जिल्लाका यातायात व्यवसायीले मंगलबार अर्थात साउन १९ गतेदेखि लागू हुने गरी नयाँभाडा दर सार्वजनिक गरेका हुन् । सोमबार सार्वजनिक गरिएको भाडादर अनुसार अब दिक्तेलबाट काठमाडौँ , इटहरी र धरान जानका लागि १ हजार ५ सय ३६ रुपियाँ बस भाडा लाग्ने खोटाङ यातायात […]