एजेन्सी, १७ माघ। उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले सन् २०१७ यताकै सबैभन्दा ठूलो ठानिएको क्षेप्यास्त्र प्रक्षेपण गर्दा खिचिएका तस्बिरहरू सार्वजनिक गरेको छ। माथि आकाशबाट खिचिएका ती तस्बिरमा कोरियाली प्रायःद्वीप र वरपरका क्षेत्रहरू देखिएका छन्। उत्तर कोरियाले उक्त बलिस्टिक क्षेप्यास्त्र मध्यम दूरीको ह्वासङ-१२ रहेको बताएको छ। जापान सागरमा अवतरण गर्नुअघि त्यो क्षेप्यास्त्र आकाशमा २,००० किलोमिटर माथिसम्म पुगेको […]