गृहमन्त्री बालकृष्ण खाँणले कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले त्यसको सामनाका लागि आवश्यक तयारीमा रहन विभिन्न मन्त्रालयका सचिव तथा मातहतका अधिकारीलाई निर्देशन दिएका छन् । गृहमन्त्रालयमा गृहसचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव, स्वास्थ्य तथा जनसङ्ख्या सचिवलगायत गृह मातहतका निकायका अधिकारीसँगको छलफलमा उनले चुनौतीपूर्ण अवस्था आउन सक्नेतर्फ सचेत भएर काम अघि बढाउन निर्देशन दिएका हुन् । मन्त्री खाँणले भने, “अघिल्लो लहरको कोरोनामा अस्पत