नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को अधिवेशन रोचक बनेको छ ।
एक साता बित्न लाग्दा समेत नेतृत्व चयन गर्न नसकेको माओवादीमा पहिलेका आकांक्षीले दाबी छाडे पनि अहिले अध्यक्षसहित पदाधिकारीमा दाबी गर्नेको संख्या दिनदिनै बढ्न थालेको छ ।
२७१ सदस्यीय कार्यसमिति चयन गरे पनि विवादका कारण पदाधिकारी चयन हुन सकेको छैन ।
यसअघि अध्यक्षको दाबी गरिरहेका केन्द्रीय सदस्यहरू सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारीले आफ्नो दाबी छाडेपछि अन्य नेताहरूले धमाधम दाबी पेश गरिरहेका छन् ।
प्रदेश समिति...