बागमती प्रदेशका मुख्यमन्त्री परिवर्तनका लागि सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रले गृहकार्य थालेसँगै मुख्यमन्त्री राजेन्द्र पाण्डे काठमाडौ आएका छन् । प्रदेशमा काँग्रेस र माओवादीका सांसदहरुले मुख्यमन्त्री परिवर्तन गर्न भन्दै हस्ताक्षर संकलन थालेपछि मुख्यमन्त्री पाण्डे काठमाडौ आएर आफ्नो पार्टीका शीर्ष नेतासँग परामर्शमा जुटेका हुन् ।बिहीबार काठमाडौं आएका पाण्डे र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार छलफल भएको छ । तर अध्यक्ष नेपाल र पाण्डेबीचको छलफल प