कर्णालीमा कोरोना : संक्रमण दर घट्दै, जोखिम उस्तै !

 कर्णालीमा पछिल्लो समय कोभिड–१९ को संक्रमण दरमा निकै कमी आएको देखिन्छ । कर्णालीमा भदौ ४ गते सक्रिय संक्रमितको संख्या ९०० थियो ।  भदौ १५ गतेसम्म आईपुग्दा यो संख्या ६४४ मा झ¥यो । भदौ २० गतेसम्म आईपुग्दा त्यो संख्या ५४७ मा खुम्चियो । यसलाई आधार मान्ने हो भने कर्णालीमा कोरोना संक्रमण दर घट्दै गएको प्रस्ट हुन्छ ।स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्क अनुसार कर्णालीमा कोरोना संक्रमण करिब–करिब अन्त्य भइसकेको देखिन्छ । यद्यपि, चिकित्सकहरु भने संक्रमण दरमा खासै कमी नआएको बता