काठमाडौं- भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सबैभन्दा ठूलो धक्का नेकपा एमालेले ब्यहोरेको छ । सत्ताको नेतृत्व गरेको दल संसारकै छोटो आन्दोलनबाट अर्धभूमिगत अवस्थामा पुग्नुपरेको छ। एक झट्कामा प्रधानमन्त्रीको कुर्सीबाट शिवपुरी पुगेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अझैसम्म सार्वजनिक हुन सकिरहेका छैनन् । सोमबार मात्रै एमाले केन्द्रीय कार्यालय च्यासलमा महासचिव शंकर पोखरेल […]
काठमाडौं– यातायात व्यवस्था विभागले चाडपर्वलाई मध्यनजर गर्दै यातायात सेवालाई प्रभावकारी बनाउनका लागि सबै तयारी भएको जनाएको छ । मंगलबार विभागमा यातायात व्यवसायी लगायत सरोकारवाला निकायसँगको छलफलका क्रममा विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा सुरक्षित यात्रा गराउनका लागि विभागका तर्फबाट सबै तयारी भएको बताएका हुन् । उनले सडक क्षेत्रको सुशासन कायम गरेर यात्रुहरूलाई सुरक्षित साथ गन्तव्यतर्फ पुराउनका लागि […]
काठमाडौं– यही भदौ २३ र २४ गते ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा तोडफोड भएका प्रहरीका भौतिक संरचना पुनःनिर्माणमा स्थानीयवासी जुट्न थालेका छन् । कोटेश्वरको नरेफाँटस्थित कोटदेवी विद्यानगर समाज सुधार समितिको संयोजनमा प्रहरी चौकी नरेफाँटको पुननिर्माण सम्पन्न भएको छ । समितिले एक थान मोटरसाइकल समेत हस्तान्तरण गरेको छ । यस्तै, बसुन्धरास्थित प्रहरी प्रभागको भवनसमेत पुननिर्माण गर्न थालिएको […]
काठमाडौँ- धरान महानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौँबाट फर्किएदेखि आक्रोशित छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री खोज्दै आएका उनी खाली हात फर्किनुपरेपछि खासगरी काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहप्रति आक्रोशित छन् । उनले सोमबार बालेन्द्रलाई लक्षित गर्दै कडा प्रहार गरेका थिए । बालेनलाई प्रत्यक्ष कार्यकारी प्रमुखको चुनाव जिताएर देखाउन पनि चुनौती दिए । ‘चानचुने नठान्, […]
काठमाडौं– नेपाली फिल्म ‘पूर्णबहादुरको सारंगी’ का निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘कोशेढुङ्गा’को प्रदर्शनले सोमबारदेखि निरन्तरता पाएको छ । प्रदर्शनमा आएको दोस्रो सातासम्म आइपुग्दा कोशेढुङ्गा उच्च अकुपेन्सीसहित प्रदर्शन भइरहेको थियो । भदौ २३ गतेदेखि मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण सिनेमा हलहरू बन्द भएसँगै ‘कोशेढुङ्गा’ को प्रदर्शन पनि स्थगित भएको थियो । सोमबारदेखि सिनेमा हलहरू सञ्चालनमा […]