पक्राउ पुर्जी जारी गरेर राज्यले द्वन्द्वतिर धकेल्न खोज्यो : हेमन्तप्रकाश ओली

नेकपा बहुमत पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओलीले ललितपुर जिल्ला अदालतले प्रतिबन्धको अवधिको विषयलाई लिएर पक्राउ पुर्जी जारी गरेर राज्यले द्वन्द्वतिर धकेल्न खोजेको बताएका छन् । ललितपुर जिल्ला अदालतले नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’  प्रवक्ता खड्गबहादुर विश्वकर्मा नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलासहित २३ जना नेतामाथि ४ वटा कसुरमा ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि बहुमतका प्रवक्ता ओलीले आपत्ति जनाएका हुन् ।‘हामीले बन्दी रिहा र मुद्दा फिर्ताको विषयमा प्रधानमन्त्री

सम्बन्धित सामग्री

चीनमा के गर्दै छन् प्रकाण्ड ?

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चीन भ्रमणमा छन् । गत साउन २९ गते चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा विश्वकर्मा चीनको छेन्दु पुगेका हुन । गत साउन १६ गते विप्लव सहित विश्वकर्मा, सन्तोष बुढामगर, नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला, प्रवक्ता हेमन्तप्रकाश ओली लगायत नेता कार्यकर्तामाथि ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । प्रतिबन्धको अवधिमा विप्लव नेतृत्वको नेता कार्यकर्ताल

पक्राउ पुर्जीको विरोधमा वैद्य बास्तोलासहित ६ दलको विरोध

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला, प्रवक्ता हेमन्तप्रकाश ओली सहितका नेतालाई ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोप्रति ६ दलले विरोध जनाएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै ६ दलले सरकारले तीन बुँदे सहमति उल्लंघन गरेको आरोप लगाउँदै फासिवादी चरित्र देखाएको भन्दै आपत्ति जनाएका छन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतसहित ६ दलले