काठमाडौं, २५ मङ्सिर। जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका-१८ ठेगाना भएका ४१ वर्षीय राजु थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा उच्च अदालत पाटनको २०५७ असार २३ गतेको फैसलाले ३ वर्ष कैद ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले ललितपुर झम्सीखेलबाट पक्राउ गरेको हो […]