खोप लगाउने बढे, तर खोप केन्द्र थोरै हुँदा असहज

काठमाण्डाै - कोरोना सङ्क्रमण बढ्न थालेपछि विज्ञहरुले खोपको पहुँच र दायरा बढाउन आग्रह गरेका छन् । आउँदो माघ ७ गतेदेखि सार्वजनिक ठाउँमा जाँदा खोप कार्ड अनिवार्य गरिएपछि खोप लगाउनेहरुको सङ्ख्या पनि बढेको छ । तर खोप केन्द्र थोरै हुँदा नागरिकलाई असहज भएको छ । सरकारले पुस मसान्तसम्म १८ वर्षका दुई तिहाइ जनसङ्ख्यालाई खोपको पूरा मात्रा दिने लक्ष्य लिएको छ । अहिलेसम्म वाग्मती र गण्डकी प्रदेशले मात्र यो लक्ष्य हासिल गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाको तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा ८३ प्रतिशतले एक डो...

सम्बन्धित सामग्री

कात्तिक २८ देखि फाइजर खोप लगाउने तयारी, तोकियो खोप केन्द्र र उमेर समूह

काठमाडौं : सरकारले आगामी आइतबारदेखि कोरोनाविरुद्ध फाइजर खोपको पहिलो मात्रा लगाउने भएको छ।परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई लगाइने र खोप अभियान मंसिर ४ सम्म सञ्चालन हुने बताए।देशभरका विशेषज्ञ सेवा उपलब्ध भएका २४ ठूला अस्पतालमा खोप लगाउने तय भएको जानकारी दिए।त्यसका लागि काठमाडौं उपत्यकाभित्र ८ र बाहिर १६ गरी २४ वटा अस्पतालमा खोप केन्द्र तय गरिएको जानकारी दाहालले दिए।उक्त समयमा यसअघि खोप लगाउन छुटेका १८ वर्षमाथिका दी

‘दैनिक पाँच लाखभन्दा बढीलाई खोप लगाउने क्षमता छ’

देशभर कोरोनाभाइरस (कोभिड —१९) विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । तर, संघीय राजधानीदेखि प्रदेश र स्थानीय तहका खोप केन्द्र व्यवस्थित नहुँदा खोप केन्द्रबाटै कोरोना महामारीको जोखिम बढेको जनस्वास्थ्यविज्ञ तथा चिकित्सकहरु बताउँछन् ।किन खोप केन्द्र व्यवस्थित हुन सकेनन् ? खोपको प्राथमिकतामा नपरेका व्यक्तिले खोप प्राप्ति गर्दा सरकार किन मौन छ ? बालबालिकाले कहिले कोरोनाविरुद्धको खोप पाउँछन् ? अनुदानमा प्राप्त र खरिद गरेको खोप कहिले नेपाल आइपुग्छ ? यस्ता प्रश्नहरु आम रुपमा उठ्ने गरेका छन् । यी

भीड धेरै भएपछि खोप केन्द्र थप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाउने खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए।

उपत्यकामै व्यवस्थित हुन सकेनन् खोप केन्द्र

काठमाडौं, साउन १७। भक्तपुर दधिकोट बस्ने ५३ वर्षीया लक्ष्मी शर्मा पौडेल बिहानैदेखि खोप लगाउने आसमा लाइनमा बसिन। उनले दिउँसोसम्ममा पनि खोप लगाउन पाईनन। अन्त्यमा खोप नलगाई घर फर्किन । गाम्चाचोकदेखि चित्रपुर र दधिकोटस्थित सूर्यविनायक नगर अस्पतालको बाहिरसम्म खोप लगाउनको भीड थियो । खोप लगाउने भीडमा सरकारले तोकेका लक्षित समूहभन्दा युवकयुवती र वयस्क धेरै थिए । […]

खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाकाे निर्देशन

स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप केन्द्रहरू बढाएर खोप लगाउने व्यवस्था गर्न पनि प्रधानमन्त्री देउवाले निर्देशन दिनुभएको उहाँको ट्वीटरमार्फत जानकारी दिनुभएको छ ।

कोरोना खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना खोप केन्द्र बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार मुख्यसचिव र स्वास्थ्य सचिवलाई बालुवाटार बोलाएर खोप केन्द्र बढाउन निर्देशन दिएका हुन् ।देउवाले ट्वीट गर्दै भनेका छन्, ‘खोप केन्द्रमा लामो लाईन देखिएकाले आवस्यकता अनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन गरेको छु।सर्वोच्चको परामादेश अनुसार मंगलबार प्रधानमन्त्री बनेका देउवाले कोरोना विरुद्धको खोपम

खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकता अनुसार खोप केन्द्र बढाएर सहज वातावरण बनाउन मुख्य सचिव र स्वास्थ्य सचिवलाई निर्देशन दिएका छन्।खोप केन्द्रमा लामो लाइन लागेकाले जनलाई असहज बनेको भन्दै देउवाले मुख्य सचिव शंकरदास बैरागी र स्वास्थ्य तथा जनसंख्या सचिव लक्ष्मण अर्याललाई यस्तो निर्देशन दिएका हुन्।आवस्यकता अनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन देउवाले निर्देशन दिएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जानकारी दिएको छ।स्वास्थ्य मन्त्राल

नेपाली सेनाको व्यवस्थापनमा सामाखुशीमा कोरोना खोप केन्द्र सञ्चालन

नेपाली सेनाको व्यवस्थापनमा राधास्वामी सत्संग व्यास नेपाल टोखामा कोरोना खोप केन्द्र सञ्चालनमा आएको छ । सरकारले असार ३० देखि साउन २ गतेसम्म कोरोना खोप लगाउने मिति तय गरेसँगै नेपाली सेनाको व्यवस्थापनमा टोखा नगरपालिका–१० सामाखुशीस्थित राधास्वामी सत्संग व्यास नेपालको भवनमा बुधबारदेखि कोरोना खोप केन्द्र सञ्चालनमा ल्याइएको हो । धास्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी केन्द्रका क्लिनिकल रजिष्ट्रर महासेनानी डा सुमनराज डङ्गोलले सेनाको व्यवस्थापनमा वीरेन्द्र सैनिक अस्पतालका साथसाथै राधास्वामी भवनमा कोभिड खोप केन्द्र सञ्चालनमा ...

दोस्रो डोज खोप लगाउने तालिका हेरफेर (सूचनासहित)

काठमाडौं : स्वास्थ्य कार्यालय काठमाडौंले वैशाख ७ गतेबाट लगाइने कोरोनाको दोस्रो डोज खोपको समयतालिका सार्वजनिक गरेको छ।स्वास्थ्य कार्यालयले अघिल्लो पहिलो डोज खोप लगाएको दिनको आधारमा दोस्रो डोज खोप लगाउने दिनको आधारमा खोप लगाउने तालिका केही हेरफेर गरेको बताएको छ।गत १४ माघ देखि १० फागुनसम्म पहिलो डोज खोप लगाएकाहरूले आगामी ७ देखि ११ वैशाखसम्म दोस्रो डोज लगाउन लगाउने निर्णय यसअघि नै गरेको थियो।त्यसका लागि स्वास्थ्य कार्यालयले जिल्लामा १९ वटा खोप केन्द्र तय गरेको छ। सो खोप केन्द्रमा बिहान १० देखि अपराह