संसारमा अनेक किसिमका दुःख छन् । यो कुरा भाइबहिनीहरूलाई पनि थाहा हुनुपर्छ । खानको दुःख, लाउनको दुःख, रोगको दुःख, भोकको दुःख, शोकको दुःख, पढाइको दुःख, परीक्षामा पास हुन सकिन्न कि भन्ने चिन्ताको दुःख, पढेपछि जागिर पाइन्न कि भन्ने चिन्ताको दुःख केके हो केके तर ती आफैँमा दुःख भने होइनन् । तिनले कारण थाहा नपाउँदासम्म मात्र दुःख दिने हुन् ।
उपनिषद्मा ग्रन्थमा विद्या र अविद्याको कुरा आएको छ । ‘अविद्यायाः मृत्युंतीत्र्वा विद्यायाऽमृतमश्नुते ।’ यसको व्याख्या लामो हुन सक्छ, घण्टौँ प्रवन दिन्छन्, दिन सकिन्छ तर यसको भाव हो अविद्या अर्थात् अज्ञानले दुःख दिन्छ वा अविद्याका कारण दुःख पाइन्छ, विद्या अर्थात् ज्ञानले...