चैते धान भित्र्याउन चटारो

चैते धान रोपेका कृषकलाई यतिबेला धान काट्न भ्याइ नभ्याइ छ । जिल्लाका अधिकांश ठाउँमा धान रोपाईं भइरहँदा बंगलाचुली गाउँपालिका–४ डावरका किसानलाई भने चैते धान घरमा भित्र्याउन हतारो छ ।खेतमा पाकेको धानलाई पानीले असर गर्ने भएपछि किसानलाई चैते धान घरमा भित्र्याउन हतार भएको हो । बैशाखको पहिलो सातातिर रोपेको धान पाकेसँगै घरमा भित्र्याउन थालेको बंगलाचुली–४ डवार […]

सम्बन्धित सामग्री

चैते धान भित्र्याउने चटारो

प्यूठानका किसान अहिले चैते धान भित्र्याउने चटारोमा छन् । चैतमा रोपेको धान यहाँका किसानले भित्र्याउन थालेका हुन् । यस वर्ष झिमरुक फाँटमा पनि चैते धान रोपाइँ भएको थियो । फाँटमा पहिलोपटक धान रोपाइँ गरेका किसान यसको उत्पादनलाई लिएर निकै खुसी देखिएका छन् ।

चैते धान भित्र्याउने चटारो

यहाँका किसान अहिले चैते धान भित्र्याउने चटारोमा छन् । चैतमा रोपेको धान यहाँका किसानले भित्र्याउन थालेका हुन् । यस वर्ष झिमरुक फाँटमा पनि चैते धान रोपाइँ भएको थियो ।

चैते धान भित्राउन किसानलाई भ्याई-नभ्याई

दाङ- किसान घरमा भन्दा खेतमा बढी समय बिताइरहेका छन्। धान रोपाइँमा किसान व्यस्त भइरहेका बेला दाङकै बंगलाचुली गाउँपालिकाका किसानलाई भने पाकेको धानबाली भित्र्याउन भ्याई-नभ्याई छ। अधिकांश ठाउँहरूमा धान रोपाइँको चटारो चलिरहेका बेला बंगलाचुली गाउँपालिका वडा नंं. ३ र ४ का किसानहरू भने चैते धानबाली घरमा भित्र्याउन व्यस्त भएका हुन्। सुकाखोला आसपासका स्थानीयहरू चैते धानबाली स्याहार्न […]

चैते धान थन्क्याउन चटारो [तस्बिरहरू]

तनहुँको व्यास नगरपालिका–११ मुसेखोलामा आइतबार बिहानैदेखि किसानहरु चैते धान काट्न व्यस्थ देखिन्थ्ये । व्यास–१ अंम्रेनीका किसानहरूलाई पनि केही दिनयता चैते धान भित्र्याउन भ्याइनभ्याइ छ । देशभरका विभिन्न ठाउँमा असारे धान रोपाइँ सुरु भइसक्दा तनहुँका केही फाँटमा भने किसानहरूले चैते धान भित्र्याउने काम सकेका छैनन् ।

चैते धान भित्र्याउन नपाउँदा किसान समस्यामा

यतिबेला हुलाकी राजमार्गसँग जोडिएको कैलालीको भजनी नगरपालिका क्षेत्रमा लगाइएको चैते धानले किसानका खेत पहेँलै छन् । फागुन चैतमा रोपेको धान कतै किसानलाई भित्र्याउन चटारो छ भने कतै धान रोप्न, तर केही दिनदेखि परेको अविरल वर्षाका कारण डुबानको उच्च जोखिममा रहेको भजनी क्षेत्रमा धान भित्र्याउने समयमा डुबान हुने चिन्ता किसानमा देख...

चैते धान भित्र्याउने चटारो

कैलालीको भजनी नगरपालिका–३ का कृष्ण चौधरीको गत वर्ष बाढीले वर्षे धान भित्र्याउन नपाएपछि यो वर्ष चैते धान लगाएका छन् । गत साउनको बाढीले उनको तीन बिघामा लगाएको धानबाली पूरै बगाएपछि उनले यो वर्ष चैते धान लगाएका हुन् ।

चैते धान भित्र्याउन किसानलाई चटारो

किसानहरुले सरकारले बेलैमा मल बिउ उपलब्ध गराएर किसानलाई सघाउनुपर्ने बताए। विगतको बर्षझंै यसबर्ष पनि बर्खे धान राम्रो फलेको किसानको भनाइ छ।

चैते धान भित्र्याउनेसँगै बर्खे धान रोप्ने तयारीमा कैलालीका किसान

जेठ २८, कैलाली । कैलालीको भजनीका किसानलाई यतिखेर चैते धान भित्र्याउने चटारो छ । कैलालीका किसान फागनु, चैत महीनामा रोपेको धान घर भित्र्याउने कार्यमा व्यस्त छन् । भजनीका किसान एकातिर धान भित्र्याउँदै छन् भने अर्कोतर्फ बर्खे धान रोप्ने तयारीमा समेत जुटेका छन् ।  फागुनदेखि चैतको पहिलो सातासम्म रोपाइँ गरेका किसान घरघरमा धान भित्र्याउनमा व्यस्त छन् । अधिकांश किसानलाई चैते धानबाली भित्र्याई बर्खे धान बाली लगाउनु पर्ने, भजनीका केही क्षेत्रमा डुबानको समस्या हुने भएकाले किसानलाई अहिले धान भित्र्याउन हतार भएको हो ।  भजनी नगरपालिका–८ सुनाफाँटाका किसान कृष्णलाल धमलाले यस वर्ष करीब दुई बिघा क्षेत्रफलमा चैते धान खेती गरेका छन् । उनले लगाएको धान अहिले पाकेर सुन झैँ पहेंलो देखिएको छ । ‘पाकेर तयार भएको धान समयमा घरमा भित्र्याउन भ्याइनभ्याइ छ । अर्कोतर्फ कतै वर्षा हुन्छ कि भन्ने डर त्यत्तिकै छ । तयारी भएको धान वर्षात्अघि भित्र्याउनु पर्ने भएकाले हामी धान काट्नमा व्यस्त छौँ’, धमलाले भने, ‘खेतमा पानी पसिसकेको छ ।’  अर्का किसान इन्द्र धमलालाई पनि धान समयमै भित्र्याउने उत्तिकै हतार छ । उनले १० कठ्ठा जमीनमा चैते धान रोपेका छन् । चैते धान तयारी अवस्थामा रहेको र मौसममा प्रतिकूलता देखिएकाले धानको रोपाईँभन्दा धान भित्र्याउनमा हतार भइरहेको उनको भनाइ छ । ‘यतिखेर हामी चैते धान भित्र्याउन थालेका छौँ । धान काटेपछि खेतमै सुकाएर संकलन गर्न सम्भव छैन’, धमालाले भने, ‘हरियो धान खेतमै काटेर थ्रेसिङ गरेर घर भित्र्याउने र पछि धान सुकाएर राख्ने गरेका छौँ । यसरी वर्षात्को पानीले धान जोगाउने गरेका छौँ ।’ उनीहरु जस्तै चैते धान खेती गरेका यहाँका धेरै किसानलाई अहिले घरमा धान भित्र्याउन हतार छ । चैते धान बर्खे धान खेतीभन्दा राम्रो उत्पादन हुने किसानको भनाइ छ । चैते धान उत्पादन बढी हुने भए पनि धान भित्र्याउन वर्षात्को समयमा हुने भएकाले किसानलाई समस्या हुने गरेको छ ।  छिट्टै रोपाइँ गरेका किसानहरु अहिले धमाधम धान भित्र्याइ रहेको भए पनि केही ढिला भएका किसानको धान पाकिरहेको छ । ढिलो गरी धान रोपेका किसानले असार अन्त्यसम्म धान भित्र्याउने गर्दछन् । ‘भजनीमा अधिकांश किसानले चैते धान खेती गर्छन् । जसको कम डुबान हुन्छ उनीहरु बर्खे धान पनि रोप्छन्’, किसान राधेश्याम चौधरी भन्छन्, ‘जमीन धेरै डुवानमा पर्ने किसानले बर्खे धान खेती गर्न सक्दैनन् । उनीहरुको अन्न भनेकै चैतमा रोपेको धान हो ।’  यहाँका किसानले खेतको धान काटेर सडकमा बोक्ने र सोही दिन सडकमै धान थेसिङ गर्ने गरेर घर भित्र्याउने गर्दछन् । यहाँका किसानलाई मनसुन शुरु हुने समय नजिकिएपछि झन् हतार भएको छ । भजनीमा करीब ४०० बिघा क्षेत्रफलमा यसवर्ष चैते धानखेती गरिएको नगरपालिकाको कृषि शाखाको तथ्यांकमा छ । भजनी नगरपालिका, प्रदेश सरकारले समेत किसानलाई चैते धान खेतीमा प्रोत्साहनका लागि सहयोग र अनुदान दिने गरेका छन् । ‘किसानलाई खेतीमा आत्मनिर्भर बनाउन, वापर टिल, मल, बीउ जस्ता कार्यमा अनुदान र सहयोग भइरहेको छ’, भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले भने, ‘बर्खे धान खेतीभन्दा चैते धान खेती यहाँका किसानको रोजाइ बनेको छ ।’ कैलालीको भजनी बाढी प्रभावित क्षेत्र हो । यहाँ बर्सेनि बाढी र डुवानको समस्या हुन्छ । बाढी र डुवान हुने भएकाले यहाँका अधिकांश किसानले वर्षात्मा खेती गर्दैनन् ।  बाढी र डुवानका कारण भजनीमा सयौँ बिघा जमीन बगर समेत बनेको छ । बगर बनेको जमीनमा यहाँका किसानले गर्मी मौसममा विभिन्न बेमौसमी तरकारी खेती गर्ने गरेका छन् । रासस

चितवनका किसानलाई धान थन्क्याउने चटारो (फोटो फिचर)

चितवनका किसानलाई यतिबेला चैते धान थन्क्याउने चटारो छ ।  यतिबेला किसानहरु चर्काे घामको प्रवाह नगरी धान भित्र्याउन जुटेका छन् । जिल्लामा पानीको सुविधा भएको करिव  ३ हजार हेक्टरमा चैतेधान हुँदै आएको...

कतै धान रोप्न कतै धान भित्र्याउन चटारो

कैलाली र कञ्चनपुरका किसानलाई रोपाईको चटारो संगै चैते धान भित्र्याउन भ्याई नभ्याई भएकोछ । मनसुन लाग्ने समय भएकाले चैते धान भित्र्याउन किसनालाई चटारो परेको हो । कैलाली जिल्लाको सबैभन्दा बढी चैते धान लगाउने भजनी नगरपालिकाका किसान यती खेर पाकेको धान काट्ने मुठा बाँध्ने र थे्रसीङ गर्नमा ब्यस्त छन् । भजनी नगरपालिका १ का हेमेन्द्र भारद्वाजले यो बर्ष ३ विगाह खेतमा लगाएको चैतेधान भित्र्याउने चटारोमा रहेको बताउनुभयो । बर्खामा डुबान हुने वडा नम्बर ३ मा रहेको खेतमा हिउँदे बर्खाले गहुँखेती नोक्सान भएपछि चैते धान लगानु भएका हेमेन्द्रलाई अहिले धान भित्र्याउन भ्याई नभ्याइ भएको छ । खेतमै रहेका हेमेन्द्रले भन्नुभयो ‘ मनसुन शुरु भैसकेको छ पानी पर्ने ठेगान हुदैन पाकेको धान भित्र्याउन सबै विहान देखि साँझ सम्म खेतमै हुन्छौ , चैते धान लगाएका सबै धमाधम धान काट्ने र भित्र्याउने कार्यमा लागेका छौ ।’