नदी दोहनमा प्रयोग भएका डोजर र ट्र्याक्टर नियन्त्रणमा

म्याग्दी । कालीगण्डकीबाट अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन गर्ने डोजर र ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । कालीगण्डकीको स्थलगत अनुगमन गर्ने क्रममा बुधवार म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको नदी किनारबाट एक्स्क्याभेटर र ट्र्याक्टर नियन्त्रणमा लिइएको हो । अनुगमनका क्रममा अवैध रूपमा नदी दोहनको काममा प्रयोग भएको एउटा एक्स्क्याभेटर र ध १ त ५८० नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ । कालीगण्डकी नदी दोहन गरेको र अनधिकृत रूपमा नदीजन्य पदार्थ उत्खनन गरेको पाइएकाले एक्स्क्याभेटर र ट्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए । कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महŒव भएकाले स्थानान्तरण गर्ने, रिजभ्र्वायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थ निकाल्ने, शालग्रामको चोरी, निकासी तथा पर्यावरण प्रतिकूल हुनेगरी कार्य नगर्नू÷नगराउनू भनी सर्वोच्च अदालतबाट उत्प्रेषण आदेश जारी भएको छ । यस्तो अवस्थामा आउँदा दिनमा निगरानी बढाई अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा चोरी, निकासी नियन्त्रण गरिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।

सम्बन्धित सामग्री

अवैध उत्खननमा प्रयोग गरिएका ट्र्याक्टर, डोजर र टिपर नियन्त्रणमा

नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन गरिरहेको अवस्थामा रुपन्देही प्रहरीले ट्र्याक्टर, डोजर र टिपर नियन्त्रणमा लिएको छ ।

बन्दीपुरमा १६०० रोपनीमा चक्लाबन्दी

तनहुँ । बन्दीपुर गाउँपालिकाले स–साना गह्राहरू मासेर चक्लाबन्दी गर्ने कार्यलाई तीव्रता दिएको छ । गाउँपालिकाले हालसम्म एक हजार ६ सय रोपनी क्षेत्रफलमा चक्लाबन्दी गरिसकेको छ । बन्दीपुर गाउँपालिका–१ र ३ वडामा जमिन चक्लाबन्दी गरिएको हो । वडा नं ३ मा एक हजार रोपनी र वडा नं १ मा ६ सय रोपनीमा चक्लाबन्दी गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । उक्त कार्यलाई निरन्तरता दिइने उनले बताए । ‘कृषि क्षेत्रमा आधुनिकीकरण गरी आयआर्जनमा वृद्धि गर्ने लक्ष्य छ,’ उनले भने ।      स–साना गह्रा र बारीमा गोरुले जोत्न गाह्रो हुने र गोरु पाल्ने चलन पनि विस्तारै हराउँदै जान थालेपछि जग्गा चक्लाबन्दीलाई प्राथमिकतामा राखिएको हो । जग्गा चक्लाबन्दी गरिएको क्षेत्रमा जोत्न र खेती लगाउन सजिलो होस् भन्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्र्याक्टर उपलब्ध गराइएको छ । किसानलाई ट्र्याक्टर, कुटानी–पिसानी मिललगायत ५२ थान कृषि औजार प्रदान गरिएको अध्यक्ष थापाले बताए । उनले भने, ‘गाउँपालिकाले रू. १४ लाख मूल्य बराबरको कृषि औजार किसानलाई प्रदान गरेको छ ।’   जमिन चक्लाबन्दी गरेपछि त्यस क्षेत्रका किसान उत्साहित भएर खेती गर्न थालेका छन् । साना खेतबारीलाई डोजर लगाएर ठूला गह्रा बनाएपछि खेती लगाउन सजिलो हुनाका साथै आधुनिक कृषि औजार प्रयोग गरिँदा थोरै जनशक्तिले पनि धेरै काम गर्न सकिन्छ । चक्लाबन्दीमार्फत कृषि उत्पादनमा वृद्धि गरी खाद्यान्न बालीमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ । रासस

डोजर ट्रयाक्टर निकुञ्जको नियन्त्रणमा

डोल्पा। शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले नौ जनासहित एक डोजर र ट्र्याक्टर नियन्त्रणमा लिएको छ । त्रिपुरासुन्दरी नगरपालिका ३ अन्तर्गत पर्ने सुँपानीबाट खेलकूद मैदानका लागि प्रयोग गरिएका कामदारसहित डोजर ट्र्याक्टर र ...