प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ । आज आइतबार ९८ सांसदले प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् ।महाभियोगको प्रस्तावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र , र जसपाका सांसदहरुको हस्ताक्षर रहेको छ ।संविधान र कानूनको गंभीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेको वा आचार संहिताको गम्भीर उल्लंघन गरेको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको आधारमा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले नेपालको प्रधान न्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीका विरुद्ध महाभियोगको प्रस्ताव पेश गर्न सक्ने ब्यबस्था छ । प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट पारित भएमा सम्बन्धित व्यक्ति पदबाट मुक्त हुने  ब्यबस्था छ ।

सम्बन्धित सामग्री

बयान दिन चोलेन्द्र शमशेर जबरा सिंहदरबारमा

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोग सिफारिस समितिमा बयान दिन समितिको बैठकमा उपस्थित भएका छन्। सिंहदरबारमा बस्ने  समिति बैठकमा बयान दिन जबरा संसद् सचिवालय पुगेका छन्। अदालतमा भ्रष्टाचारलाई संरक्षित गरेको, मन्त्रिपरिषद्मा भागबण्डा खोजेको जस्ता आरोप लगाउँदै सत्ता गठबन्धनले जबराविरुद्ध फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गरेका थिए। त्यसपछि उनी निलम्बित भएका थिए। उनीमाथि लागेका आरोप सम्बन्धमा समितिले स्पष्टीकरणको अवसर दिनेछ। साथै नेपाल बारले

चोलेन्द्रको बहिर्गमनपछि सर्वोच्चमा ‘वार्मअप’

फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएपछि न्यायपालिका अभिभावकविहीन बन्न पुग्यो । महाभियोगलगत्तै निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा महाभियोगको पत्र बुझेपछि सर्वोच्च छाडेर बाहिर निस्किए ।त्यसलगत्तै कायम मुकायम प्रधानन्यायाधीशको रुपमा सर्वोच्चकै वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकाको अन्तरिम व्यवस्थापन सुरु गरेका छन् । आफ्नै प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गर्दै इजलास बहिष्कारसम्मको अवस्थामा उत्रिएका सर्वोच्चका अन्य १८ जना न्या

प्रधानन्यायाधीश विरुद्ध ९८ जना सांसदहरुले दर्ता गराए महाभियोग प्रस्ताव

फागुन १, काठमाडौं । प्रधानन्यायाधीश विरुद्ध ९८ जना सांसदहरुले संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध विभिन्न राजनीतिक दलका सांसदहरुले महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । उक्त प्रस्ताव आइतवार बिहान ११ बजेर १० मिनेटमा दर्ता भएको स्रोतले बताएको छ । सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका ९८ जना सांसदहरुले प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका हुन् । महाभियोग प्रस्तावमा कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित ९८ जना सांसदहरुले उक्त प्रस्तावमा हस्ताक्षर गरेको बुझिएको छ । नेपाल बार एशोसिएशनले जबराको राजीनामा माग गर्दै विगत केहि महीनादेखि आन्दोलन गर्दै आएको छ । जबराले राजीनामा दिनुपर्ने भन्दै उसले महाभियोग लगाउन दलहरुको ध्यानाकर्षण समेत गराएको थियो ।